बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाचारबाढी प्रभावित सञ्चार संस्था र पत्रकारलाई प्रेस युनियनको सहयोग

बाढी प्रभावित सञ्चार संस्था र पत्रकारलाई प्रेस युनियनको सहयोग


मेलम्ची । गएको असार १ गते आएको बाढीबाट प्रभावित बनेका सञ्चार संस्था र पत्रकारलाई नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखाले सहयोग गरेको छ । बाढीबाट भौतिक क्षति लगायत अन्य गुमाएका पत्रकार र सञ्चार संस्थालाई युनियनले आर्थिक सहयोग गरेको हो ।
युनियनले भवन डुबानमा परेको रेडियो मेलम्ची, घर खेत डुबानमा परेका पत्रकारहरु महेश श्रेष्ठ, दुर्गा दुलाल र जगन्नाथ दुलाललाई जनही बीस हजारका दरले सहयोग गरेको हो ।
प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष दुर्गा आचार्यले पीडामा परेका पत्रकारहरुलाई पेशागत रुपमा सँगै काम गरिरहेकाले उनीहरुको दुःखमा हातेमालो गरेको बताइन् । ‘यो सहयोग पर्याप्त हैन, तर पीडामा हामी पनि साथमा छौं भन्ने भावना हो ।’ उनले भनिन् ।
मेलम्ची बाढीपीडित पत्रकारहरुलाई सहयोग हस्तान्तरण कार्यक्रममा यो वर्ष अस्वस्थ भएर ‘बेड रेष्ट’ गरेका पत्रकारहरुलाई समेत उपचार खर्च वापत एकता भन्दै सहयोग गरिएको थियो । कार्यक्रममा किशोर बुढाथोकी, विदुर गिरी, सन्तोष सिग्देल, सम्झना कार्कीलाई सहयोग गरिएको हो ।
पत्रकार तथा सञ्चार संस्थालाई नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका संस्थापक संयोजक विष्णु न्यौपाने, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखाका संस्थापक अध्यक्ष ऋषिराम पौड्यालले रकम हस्तान्तरण गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!