बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाचारमेलम्ची उद्धारमा खटिएका आचार्य उत्कृष्ट प्रहरी घोषित

मेलम्ची उद्धारमा खटिएका आचार्य उत्कृष्ट प्रहरी घोषित


चौतारा । मेलम्ची बाढीमा खोज तथा उद्धारमा खटिएका प्रहरी नायव निरीक्षक लेखनाथ आचार्य महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । मेलम्ची बाढीमा खटिएसँगै कार्यालयले दिएको विभिन्न जिम्मेवारीमा उत्कृष्ट ढंगबाट सफल निर्वाह गरेकाले आचार्य असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
आचार्यले असारमा मेलम्ची बाढीमा खोज, उद्धारका साथै क्षतिको विवरण संकलनमा योगदान दिएका थिए । मेलम्चीमा करेण्ट लागेर एक व्यक्तिको मृत्युपछि भएको मेलम्ची नगरपालिकाको स्कारपियो क्षतिमा संलग्नहरुलाई पक्राउ गर्ने, इर्खुबाट अबैध हतियार नियन्त्रण गर्ने, जबर्जस्ती करणीका फरार अभियुक्त पक्राउ गर्ने जस्ता कामहरु आचार्यले गरेकाले उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
महानगरीय प्रहरी बृत्त जगाती भक्तपुर दरबन्दी भई हाल सन्धुपाल्चोकमा कार्यरत रहेका आचार्य लोक दोहोरी गायकसमेत हुन् । उनले दर्जनौं गीतमा स्वर दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!