Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाचारअझै उस्तै पीडामा छ हेलम्बु

अझै उस्तै पीडामा छ हेलम्बु


हेलम्बु ।
गएको असार १ गतेको बाढीले नदि करिडोर छेउका सबै बस्ती बगायो । हेलम्बुको पहिचान बोकेको ट्राउट माछा फर्म पनि दनिमा विलय भयो । १४ जना गायब भए । बचेकाहरुको पनि मनमा अझै शान्ति छैन ।
हाहे, बाढी आएकै दिनदेखि चैन हराएको छ । पीडा, अभावले झेलिएको हेलम्बु यतिबेला कर्णालीको झल्को बनेको छ । सडक सम्पर्क टुटेकाले आवतजावतको विकल्प पैदबाहेक अन्य छैन । न विद्युत छ, न सञ्चार ।
रात होस् या दिन वर्षातलगत्तै उर्लिएको डरलाग्दो मेलम्ची खोलाको बाढीले लेदो बालुवाले भरिएको क्षतिग्रस्त घर र खेतबारी झनै भत्काइरहेछ । जब कालो बादल मडारिन्छ , दैवलाई गुहार माग्दै अग्लो डाडामा बसेर आफ्नो घरखेत र गाउँलाई बाढीले बगर थपेको हेरिरहन्छन् ,हेलम्बु गाउँपालिका वडा ६ चालिसे गाउँका ७० वर्षे शिवप्रसाद भण्डारी ।
मंगलबार एकै रातमा उनीसहित चालिसे गाउँको ७ घरसहित पुरै खेत जग्गाको भुभाग बाढीले बगर तुल्यायो, त्यही रातदेखि गाउँका एक बेपत्ता छन् । त्यसैमाथि मेलम्ची नदीको कुनाभेगमा रहेको चालिसे गाउँबाट किउल बजार जोड्ने एउटै मात्र झोलुंगे पुल बगाएपछि भागेर जाने अन्य स्थान पनि छैन् । ‘सर्वस्व त लग्यो, जिउँदो राखिदिए स्वर्ग हुन्थ्यो, रातदिन बाढी उर्लिएर बढेको देख्दा त बाचि“एलाजस्तो लाग्दैन्, पारी जान पुल पनि छैन्, वारी भित्तो मात्रै छ, भगवान सम्झदै बस्ने न हो,’ उनले भने ।
त्यसयता हेलम्बु गापा चालिसे गाउँ, चिउरेखर्क, तल्लो तिम्बु ,हल्दे बजारका झण्डै एकसय परिवार सुरक्षित स्थान खोज्दै छिमेकी या अन्यत्र सुरक्षित स्थानमा आश्रय लिएर बस्दैआएका छन् । ‘पुल र सडक त बगायो, पैदल हिड्ने बाटो समेत छैन् ,मेलम्ची बाढी तर्न खोज्नु भनेको कालको मुखमा पसेजस्तै हो, त्यही भएर यही कुनामा सुरक्षित बस्छौ, वारीको वारी पारीको पारी,’ उनले भने ।
शनिवार हेलम्बु गाउँपालिकाको वडा १स्थित सेमेसिदाङ हिमश्रृंखलाको काखको भेमाथाङ्ग चौरमा थोरै पहिरो गएको र अझै धेरै बा“की रहेको सुचना जारी ग¥यो । डा रविनराज निरौलाबाट पाएको जानकारीको आधारमा गाउँपालिकाले भेमाथाङ्ग चौरको २५ प्रतिशत मात्र पहिरो गएको र बा“की ७५ प्रतिशतमध्ये के कति भागमा पहिरो जान सक्ने हालसम्म यकिन नरहेको जनायो । सुचना पाएयता निदाउन नसकेका हेलम्बु गापा २ किउल तल्लो तिम्बु बजारका ४५ वर्षका पेम्बा लामा प्रत्येक दिन बौद्ध धर्मका बज्रगुरु गुरु रिन्पोछे (पदमसंम्भवा) ,आर्यअवलोकेश्वर र शाक्यमुनी बुद्धस“ग प्रार्थना गर्छन् । ‘बाढी आउन अझै बा“की छ भनेर सुनेपछि रातदिन चैन् छैन्, घरबस्ती बगायो, ज्यान मात्रै बाकी छ, अब चाँहि कसैलाई केही नभइदिए हुन्थ्यो,’उनले भने ।
बाढीले चालिसे गाउँ जोड्ने पुल र पल्लो तिम्बु बजार, चिउरेखर्कबाट हेलम्बु गापाको किउल बजारक्षेत्रस“ग जोड्ने तीन किलोमिटर सडक कटानमा पारेको छ । हेलम्बु गापा १ चिउरेखर्कका ४० वर्षका गोपाल थापा मगरलाई अब बगाइहाल्योजस्तो अनुभूति हुने गर्छ । ‘रातदिन यही कुराले झस्किन्छु , आखैअघि दुःखले ठड्याएको घर खेतबारी सबै बगाएर लग्यो, ज्यानबाहेक केही जोगिएन् , जे भएपनि बाच्“नैपर्ने रहेछ ।’ उनले भने । हेलम्बु गापा चालिसे गाउँकी २४ वर्षिया पार्वती भण्डारी भने सम्पर्क टुटेका गाउँक्षेत्रमा केही समस्या भए एनसिएल सिमको फोनमार्फत उद्धारको लागि जानकारी गराउने बताउ“छिन् । ‘गएको मंगलबार देखियता यह“ा बिजुली नेटवर्क छैन्, एनसिएअल सिम त्यो पनि कहिलेकाही मात्रै चल्छ, कसैलाई केही स्वास्थ्य र अन्य जटिल समस्या भइहाले फोन गर्छौ, अरु के चाही गर्नु र ,’उनले भनिन् ।
सम्पर्क टुटेका गाउँ र अन्यतिर भएका गर्भवती ,सुत्केरी ,गंम्भिर समस्या भएका वृद्धवृद्धा र अन्य बिरामीलाई सडक या बोकेर लैजाने बाटो समेत सहज नहु“दा आत्तिने अवस्था भएको उनको भनाई छ । शनिवार हेलम्बुको तिम्बु बजारमा ३ र हल्देमा १ जना गरी चार जना गर्भवती महिलाको बिचल्ली भएपछि हेलम्बुबाट काठमाण्डौ उद्धार गरेर लैजान हेलिकप्टर गुहारिएको स्थानीय मनिष तामाङले बताए । ‘दिउ“सोनै हेलिकप्टरबाट उद्धार गर्न विभिन्न व्यक्ति र संस्थादेखि गाउँपालिका पक्ष लागिरहेको छ, बाढीले विकराल समस्या बनायो,’उनले भने ।
हेलम्बु गापा १ का अध्यक्ष मिङमार ह्योल्माकाअनुसार हेलम्बुभर बाढीले झण्डै सय घर बगाएको छ, तटीय भेगका ६ सयभन्दा बढी घर उच्च जोखिममा पारेको छ । बाढीले हेलम्बु गापाभरका  मस्त्य फार्म सहित केही संञ्चालक र अन्य स्थानीय गरी १४ जनालाई बेपत्ता बनायो, जसमध्ये हेलम्बु गापा चनौटे बजारका मात्रै चार र चालिसे गाउँका एक छन् ।
हेलम्बुको नवनिर्मित प्रहरी चौकी भवन र अन्य धेरै संरचना बगाएपछि गाउँपालिका कार्यालय सारेर माथिल्लो भेगमा ल्याइएको छ । तत्कालिन गा“सबासको व्यवस्थापनका लागि हेलम्बु गापाभरका वडाध्यक्ष ,सदस्य ,उपाध्यक्ष, स्थानीय अगुवासहित आफु टेण्ट ,खाधन्न उपलब्ध गराउन कस्सिरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।
‘सम्पर्क टुटेका गाउँसम्म सडक लैजानेछौ, पुल टुटेका स्थानमा जोड्नेछौ ,सबै हाम्रो कर्तव्य हो, तर बाढीको जोखिम अझै देखिएकाले सुरुवाती विपद् तैयारीमा लागिरहेका छौ, ’शेर्पाले भने । सुरक्षाकर्मीको सहयोगमा हेलम्बु किउल, गणेशे बगरेसहितका विस्थापीतलाई माख्लो गाउँमा टेण्ड पाल राखिएको उनले जनाए । मेलम्ची नदीको तटीयक्षेत्रका चनौटे ,किउल बजारका विस्थापीत परिवारलाई स्थानीय विधालय र सामुदायिक भवनजस्ता सुरक्षित स्थानतिर सारिएको उनको भनाइ छ । आआफ्नो वडाक्षेत्रमा वडाध्यक्ष ,सदस्य आवश्यकताअनुरुप राहत र बासको व्यवस्थापनमा खटिरहेको उनले प्रष्ट्याए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!