Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाचारमेलम्ची बाढी :एककाे मृत्यु आशंका, दर्जनाैं बेपत्ता, विकास पूर्वाधार नष्ट 

मेलम्ची बाढी :एककाे मृत्यु आशंका, दर्जनाैं बेपत्ता, विकास पूर्वाधार नष्ट 


मेलम्ची । अबिरल बर्षाका  कारण आएको बाढीले बगाउदा एक महिलाको मृत्यु भएको  अाशंका छ । बाढीले बगाउदा हेलम्बुका टिकामाया खड्काको म्रुत्यु भएको हुनसक्ने  स्थानीयले जानकारी दिए । टिकामायालाई बाढीले बगाएर लगेकाे उनका स्थानीयले जनाएका हुन् । घटनाकाे प्रहरीले पुष्टि भने अझै गरेकाे छैन । खड्काका अाफन्त भाग्न स,ल भए पनि उनीलाई भने बाढीले बगाएर तलैसम्म पुर्याएकाे प्रत्यक्षदर्शीकाे भनाई छ ।   बाढीले  धेरै बेपता भएको आशका गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बु हुँदै आएकाको बाढीले हेलम्बु गाँउपालिकाको तिम्बु र चनौटे बजारमा डुबानमा परेकोछ। अविरल बर्षाका कारण आएको बाढीले ग्याल्थुममा रहेका ट्राउट फर्म, रिसोर्ट बगाएको प्रहरीले जानकारी दिएको छ ।
मेलम्ची आयोजनामा काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसेको छ । अम्बाथानको सशस्त्र क्याम्प पनि जाेखिममा राहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलरे जानकारी दिए । तिम्बुदेखि त नदिकिनारमा रहेका धेरै घरहरू बगाएको स्थानिय अर्जुन भण्डारीले बताए । अझैसम्म निरन्तर वर्षा भईरहेकोले उद्दार तथा खोजीमा समेत समस्या भईरहेको छ ।
दर्जनाैं बेपत्ता भएकाे हुन सक्ने अाँकलनसमेत रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
हेलम्बुदेखि मेलम्ची मुनीसम्म भागाभाग रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकाेटाले जानकारी दिए । हेलम्बुमा रहेकाे प्रहरी कार्यालय भवनसम्म बाढी पसेकाे छ । सडकहरू बगाएकाे स्थानीयले जानकारी दिए ।
मेलम्ची अायाेजनाकाे काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसिसकेकाे छ । अम्बाथानकाे सशस्त्र क्याम्प पनि जाेखिममा रहेकाे डिएसपी सापकाेटाले जानकारी दिए ।
बाढीले अामा ह्याेल्माे बसपार्कमा रहेका हाेटल टहरा बगाएकाे छ ।मेलम्ची नगरपालिकाकाे बहुप्रतिक्षित सिटी पार्कमा बाढी पसिसकेकाे र अाधा भाग बगाएकाे अनुमान रहेकाे स्थानीयले बताए ।
थप बिस्तृत विवरण अाउन बाँकी छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!