Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाचारराप्रपाद्धारा मेलम्चीमा ३० लाखको अक्सिजन उत्पादन मेसिन सहयोग

राप्रपाद्धारा मेलम्चीमा ३० लाखको अक्सिजन उत्पादन मेसिन सहयोग


मेलम्ची । राष्ट्रिय प्रजातन्त्र पार्टीले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा करिब ३० लाख रुपैयाँ लागत पर्ने अक्सिजन उत्पादन मेसिन सहयोग गरेको छ । जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ, केन्द्रीय सदस्यहरुको उपस्थितिमा आज स्वास्थ्य केन्द्रलाई नोबुलाइजरसहितको मेसिन हस्तान्तरण गरिएको हो ।
पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमसेर जबराभने भर्चुअल रुपमा उपस्थित थिए । जुम बैठकबाटै उनले हस्तान्तरण कार्यक्रममा सम्बोधन गरेका थिए । मेसिन स्वास्थ्य केन्द्रका प्रमुख डा.आशिष श्रेष्ठ लाई हस्तान्तरण गरिएको राप्रपा सिन्धुपाल्चोकले जनाएको छ ।
जुम मिटिङमा बोल्दै अध्यक्ष जबराले सिन्धुपाल्चोकको हरेक पालिकामा सकेको सहयोग गर्ने बताए । चाइना फाउण्डेसन फर पिस एण्ड डेभलपमेन्टको सौजन्यमा ल्याइएको उपकरणले रोगको उपचारमा सघाउ पुग्ने आशा लिएको अध्यक्ष राणाले जुम बैठकमार्फत सुनाए ।
प्राकृतिक अक्सिजनलाई यस मेसिनले ग्रहण गर्नेछ । मेसिनले एकै पटकमा ८ जनालाई अक्सिजन दिन सकिन्छ । कोरोनाको दोस्रो लहर भयानक रुपमा बढेपछि उपचारमा उपकरण सहयोग गरि जनतालाई जोगाउनका लागि मेसिन हस्तान्तरण गरिएको हो ।
कोरोनाले दिनानुदिन समुदायमा फैलिएर मानिसको ज्यान गइरहेको यो बिषम परिस्थितिमा उक्त मेसिनले धेरै राहात पुग्ने डा. आशिष श्रेष्ठले बिश्वास ब्यक्त गरे । । यस मेसिनले अक्सिजन उत्पादन गर्ने भएकाले बिरामीको लागी भेन्टिलेटरको समेत काम गर्ने उनले बताए ।
विभिन्न प्रकोप तथा महामारीमा जनतालाई लागि अनेकौं प्याकेज सहयोग गर्ने गरेको राप्रपाले ठूलो मात्राको उपकरण सहयोग गरि कोरोना नियन्त्रणमा ऐक्यवद्धता जनाएको हो ।
राप्रपा सिन्धुपाल्चोकले कोभिड १९ बाट सुरक्षित रहनको लागि जिल्लाका बिभिन्न ठाउँमा स्वास्थ्य सामाग्री बितरण गरिरहेको छ । विभिनन स्वास्थ्य केन्द्रमा अक्सिजनको सिलिन्डरलगायत अन्य स्वास्थ्य सामग्री सहयोग गरिएको जिल्ला अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।
आज हस्तान्तरण गरिएको उपकरणले विद्युत हुँदा २४ घण्टा सेवा प्रदान गर्न सक्नेछ । यदि विद्युत आपुर्ती नभएको अवस्थामा ३ घण्टा हाइड्रोजन र अक्सिजन उत्पादन गर्न सक्छ । यसरी उत्पादन भएको अक्सिजन तत्काल विमारीलाई दिन सकिनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!