Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाचारकाेराेना राेकथामका लागि स्थानीय तह, प्रहरी र अस्पताललाई उद्याेग बाणिज्य संघकाे सहयाेग

काेराेना राेकथामका लागि स्थानीय तह, प्रहरी र अस्पताललाई उद्याेग बाणिज्य संघकाे सहयाेग


चौतरा । नयाँ भेरिरयण्टसहितको कोरोना संक्रमण भयानक रुपले फैलिएपछि यसको रोकथामका लागि सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ अघि बढेको छ । संघले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तह लगायतलाई स्वास्थ्य सामग्री सहयोग गर्दै कोरोना रोकथाममा सक्रियता बढाएको हो ।
संघले जिल्लाका सबै स्थानीय तह, चौतारा, बाह्रविसे र मेलम्चीको अस्पतालका साथै प्रहरी, सेना र जिल्ला प्रशासनलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।
बुधबार जिल्लाका ७ स्थानीय तह र बाह्रबिसे प्राथमिक स्वास्थय केन्द्रलाई संघले स्वास्थ्य सामग्री वितरण गरेको थियो । बाँकी स्थानमा आज सामग्री हस्तान्तरण गरिएको हो ।
उद्योग बाणिज्य संघका अनुसार सर्जिकल मास्क ८० हजार पीस, केएन नाइन्टिन फाइभ माक्स २ हजार सात सय पीस, स्यानिटाइजर आठ सय लिटर, थर्मल गन ३३ वटा, अक्सिमिटर ३३ थान, पीपीइ एक सय वटा र ग्लोब्स पाँच हजार थान वितरण गरिएको संघका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए । त्यस्तै संघले अक्सिजन कन्सेक्टर (इलेक्ट्रिक)तीन थान, र अक्सिजन सिलिन्डर ८३ थान सहयोग गरेको हो ।
त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेलाई ५० कार्टुन पानी, सिन्धु सदावहारलाई ५० कार्टुन पानी पनि संघले वितरण गरेको छ ।
स्वास्थ्य सामग्री वितरणमा संघका निवर्तमान अध्यक्ष वेद बहादुर श्रेष्ठ र हिमालय सिमापार वाणिज्य संघका निवर्तमान अध्यक्ष वच्चु पौडेल पनि सहभागी थिए ।
संघका अध्यक्ष बस्नेतले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले आवश्यकता ठाने अझै अन्य सिलिण्डर भरेर जिल्लाका स्वास्थ्य संस्थामा सहयोग गर्ने बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!