Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाचारबाह्रविसे अस्पताल र ७ स्थानीय तहलाई उद्योग बाणिज्य संघकाे स्वास्थ्य सामग्री

बाह्रविसे अस्पताल र ७ स्थानीय तहलाई उद्योग बाणिज्य संघकाे स्वास्थ्य सामग्री


बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले बाह्रबिसे ढअस्पतालसहित सिन्धुपाल्चोकका सात स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ । आज सम्बन्धित कार्यालयमा पुगेर बाणिज्य संघले काेराेना राेकथामका लागि स्वास्थ्य सामग्री बितरण गरेकाे हाे ।
बाह्रविसे अस्पतालसहित जिल्लाका सात स्थानीय तहलाई सामग्री बितरण गरिएकाे उद्याेग बाणिज्य संघले जनाएकाे छ । सिन्धुपाल्चोक उद्याेग बाणिज्य संघका अनुसार अस्पतालसहित त्रिपुरासुन्दरी, जुगल, बलेफी, सुनकाेशी, लिसंखुपाखर, भाेटेकाेशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा सामग्री हस्तान्तरण गरिएकाे हाे । सबै स्थानमा सर्जिकल मास्क ४ हजार थान, केएन नाईन्टिफाईभ मास्क ७५ थान, सेनिटाईजर २० लिटरलगायत सामग्री बितरण गरिएका सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ का अध्यक्ष हाेमबहादुर बस्नेत (राजकुमार)ले बताए ।

 

 



 


क्याटेगोरी : समाचार
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!