मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठसमाचारसिन्धुमा एकैदिन ३४० मा संक्रमण, संक्रमितको संख्या २१ सय पुग्यो, हालसम्म १६ को मृत्यु

सिन्धुमा एकैदिन ३४० मा संक्रमण, संक्रमितको संख्या २१ सय पुग्यो, हालसम्म १६ को मृत्यु


चौतारा । सिन्धुपाल्चोकमा एकैदिन थप ३ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलृ दिएको जानकारी अनुसार हिजो एकैदिन यति धेरै मानिसमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा चौतारा साँगाचोकगढीका ११४, सुनकोसीका ११८, इन्द्रावतीका १, हेलम्बुका ४, मेलम्चीका २७, लिसंखुपाखरका २४, बाह्रबिसेका ३१ र पाँचपोखरीका २१ जना छन् ।

यो सँगैं कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा संक्रमित हुनेको संख्या २१ सय पुगेको छ ।

अहिले जिल्लामा ४१ जना आइसोलेसनमा छन् । स्वास्थ कार्यालयले अक्सिजन दिनुपर्नेलाई मात्रै जिललाका स्वास्थ्य संस्थाका आइसोलेसनमा राख्ने भनेपछि जिल्लामा ४१ जना आइसोलेसनमा छन् । बाँकी १६ सय ५१ जना होम आइासेलेसनमा छन् ।

जिल्ला भित्र मात्रै १४ सय ८७ जना होम आइसोलेसनमा छन भने जिल्ला बाहिर १६४ जना होम आइसोलेसनमा बसेका छन् ।

हालसम्म जिल्लामा १६ जनाले कोरोनाको दोस्रो लहरबाट ज्यान गुमाएक छन् । ज्यान गुमाउने धेरैले आइसीयु र भेन्टिलेटरमा उपचार नपाएर ज्यान गुमाएका हुन् । हालसम्म जिल्लामा आइसीयु र भेन्टिलेटर एउटा पनि छैन् ।

हालसम्म जिल्लमा ३ सय १० जनाले कोरोना जितेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!