शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारगृह जिल्लामा कोरोना रोकथामका लागि यस्ता काम गर्दैछन् सभामुख

गृह जिल्लामा कोरोना रोकथामका लागि यस्ता काम गर्दैछन् सभामुख


चौतारा । कोरोना संबmमणको दोस्रो लहल सुरु भएयता सिन्धुपाल्चोक अहिले निकै आक्रान्त छ । दिनहुँ कोभिड १९ बढिरहेको अवस्थामा अक्सिजनको अभावले नागरिकलाई सताइरहेको छ ।
सिन्धुपाल्चोकबाट निर्वाचनमा प्रतिनिधित्व गरि साँसद तथा मन्त्री भएका केही नेताहरु कोरोना रोकथामका लागि लागिपरिरहेका छन् । अहिले प्रतिनिधि सभाका सभामुख समेत सिन्धुपाल्चोकले पाएको छ । यतिबेला जिल्लवासी नागरिकहरु सभामुखले जिल्लाका लागि के गरे र के गर्दैछनु भन्ने चासोमा छन् ।
सभामुख अग्नीप्रसाद सापकोटाका प्रेस बिज्ञ श्रीधर न्यौपानेले जारी गरेको प्रेस नोट अनुसार कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि एवं नागरिकको जीवन थप जोखिममा पर्न नदिन सिन्धुपाल्चोकमा भएका र हुने क्रममा रहेका कायहरु यस्ता छन् ।

१. कोभिड–१९ को दोस्रो लहरका कारण उपचार गराउनु पर्ने संक्रमितहरुको संख्या बढेको र जिल्लामा अक्सिजनको अभाव भएपछि चौतारा अस्पतालको मागपत्रका आधारमा अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालयमा पत्राचार एवं समन्वय गरी प्रक्रिया अघि बढेको छ । केही हप्तामै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको कामले मूर्तरुप पाउने छ । मन्त्रालयले अहिले बजेटको समेत व्यवस्था गरिसकेको अवस्था छ ।
२. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतको योजनामा संसोधन गरी रु १५,००,००० (पन्ध्र लाख) अक्सिजन प्लान्ट स्थापनार्थ छुट्याइएको छ ।
३. जिल्ला स्वास्थ्य कार्यालय र सो कार्यालयमार्पmत अन्य स्वास्थ्य संस्थामा लैजाने गरी तत्काल १०० थान भरिएको अक्सिजन सिलिण्डर, २० थान अक्सिजन कन्सन्टेटर र २००० (दुई हजार) थान एन्टिजेन किट पठाउने व्यबस्था भएको छ ।
४.स्वास्थ्य सेवा विभागबाट प्राप्त अत्यावश्यक स्वास्थ्य सामग्री स्वकीय सचिव गोविन्द पाठकले जिल्ला समन्वय समितिलाई हस्तान्तरण गर्नु भएको छ । सामग्रीहरुमा २१ लिटरको एक थान अक्सिजन कन्सन्टेटर, एन–९५ मास्क १०० थान, सर्जिकल मास्क १००० (एक हजार) थान, पिपिई सेट ३० थान, स्यानिटाइजरलगायत रहेका छन् । बाँकि सामग्री क्रमशः जिल्लामा पुग्ने व्यवस्था मिलाइएको छ ।
५. जिल्लाबाट संकलित ५३ थान अक्सिजन सिलिण्डर भर्ने क्रममा रहेको र यसै हप्ता जिल्लामा पुग्ने व्यवस्था मिलाइएको छ ।
६. कोभिड–१९ का कारण समस्यामा परेका परिवारका ५० बढी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ । यो क्रम जारी रहेको छ ।
७. सभामुखले कोभिड–१९ का कारण समस्यामा परेका सिन्धुपाल्चोकका जनतालाई अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने व्यवसायी एवं समाजसेवीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि मानवीय संकटका बेला सहयोग जारी रहने विश्वास व्यक्त गर्नु भएको छ । साथै, उहाँले कोरोना महामारी अझ बढीरहेकोले सतर्क रहन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई अपिल गर्नु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!