Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाचारसिल्कले दिएको स्वास्थ्य सामग्री यसरी हुने भो वितरण (हेर्नुहोस् कस्ले कति के के पाउने ?)

सिल्कले दिएको स्वास्थ्य सामग्री यसरी हुने भो वितरण (हेर्नुहोस् कस्ले कति के के पाउने ?)


चौतारा ।
नेपाल चीन सीमा नाकाबाट आयात निर्यात गर्ने व्यापारीहरुको समूह सिल्क ट्रान्सपोर्टले सिन्धुपाल्चोकवासीका लागि ठूलो मात्रामा दिएको स्वास्थ्य सामग्री कसरी बाँड्ने भन्ने टुंगो लागेको छ । आज बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले होल्डिङ सेन्टर, गाउँपालिकासहित विभिन्न संस्थालाई वितरण गर्ने निर्णय गरेसँगै कसलाई, कति र के दिने भन्ने टुंगो लागेको हो ।
सिल्कले तीन लाख थान सर्जिकल मास्क, चालीस हजार थान के एन नाइन्टिफाइभ मास्क, एक सय ५० थान एन्फारेड थर्माेगन, एक लिटर वाला सेनिटाइजर एक हजार थान, फेस सिल्ड एक हजार थान, १० लिटर अक्सिजन ७० थान र ४० लिटर जाने अक्सिजन ३० थान प्रदान गरेको थियो ।
हिजो (शनिबार) सिल्कका अध्यक्ष रमेश शेर्पाले पूर्व मन्त्रीद्धय मोहनबहादुर बस्नेत र शेरबहादुर तामाङलाई सो सामग्री हस्तान्तरण गरेका थिए । मन्त्रीद्धयले सिल्कबाट प्राप्त स्वास्थ्य सामग्री जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई बुझाएको हो ।
कुन संस्थालाई कुन सामग्री कति ?


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!