बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाचारसिन्धुवासीका लागि सिल्कद्धारा साढे तीन लाख थान मास्क, अक्सिजन सहयोग

सिन्धुवासीका लागि सिल्कद्धारा साढे तीन लाख थान मास्क, अक्सिजन सहयोग


चौतारा । नेपाल चीन सीमा नाकाबाट हुने व्यापारीहरुको समूह सिल्क ट्रान्सपोर्टले सिन्धुपाल्चोकवासीका लागि ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना रोकथामका लागि सिल्कले करिब साढे तीन सय थान मास्क, अक्सिजनसहित स्वास्थ्य सामग्री सहयो गरेको हो ।
सिल्कले तीन लाख थान सर्जिकल मास्क, चालीस हजार थान के एन नाइन्टिफाइभ मास्क, एक सय ५० थान एन्फारेड थर्माेगन, एक लिटर वाला सेनिटाइजर एक हजार थान, फेस सिल्ड एक हजार थान, १० लिटर अक्सिजन ७० थान र ४० लिटर जाने अक्सिजन ३० थान प्रदान गर्यो । आज सिल्कका अध्यक्ष रमेश शेर्पाले पूर्व मन्त्रीद्धय मोहनबहादुर बस्नेत र शेरबहादुर तामाङलाई सो सामग्री हस्तान्तरण गरे । मन्त्रीद्धयले सिल्कबाट प्राप्त स्वास्थ्य सामग्री जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई बुझाएको हो ।
सिल्कका अध्यक्ष शेर्पाले सिन्धुपाल्चोकलाई कोरोनामुक्त बनाउने अभियान अन्तर्गत सो सामग्री सहयोग गरिएको बताए । ‘कोरोनालाई परास्त गर्न मास्क अनिवार्य छ, यी मास्कसबै सिन्धुवासीसामू पुर्याउन सके कोरोना महामारी न्यूनीकरणमा सघाउ हुनेछ,’ उनले भने, ‘पछि आवश्यकता परेको अबस्थामा फेरि सिल्कले सहयोग गर्नेछ ।’
जिल्ला कोरोना संकट व्यवस्थापन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले यो सामग्रीले धेरै सहयोग पुग्ने बताए । ‘हामी आवश्यक परेको ठाउँमा यी स्वास्थ्य सामग्री पठाउँनेछौं,’ उनले भने, ‘सामग्री स्टोरेज हुनेछैन ।’
सामग्री बुझ्दै समितिका सल्ल्हाकार एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले सिल्कबाट प्राप्त भएको सामग्रीले सिन्धुवासीलाई राहत पुग्ने बताए । ‘स्वास्थ्य सामग्रीको अभाव हुने संकेत भइरहेको बेला संक्रमण भएमा आफैलाई प्रयोग गगर्न पनि नपाउने चिन्ता थियो,’ उनले भने, ‘अब सिन्धुवासीका लागि यो चिन्ता हराएको छ ।’


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!