Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाचारचाैतारामा एकैदिन १४६ संक्रमित, सिन्धुपाल्चोकमा ९५३ पुग्याे

चाैतारामा एकैदिन १४६ संक्रमित, सिन्धुपाल्चोकमा ९५३ पुग्याे


चाैतारा । चाैतारा साँगाचाेकगढी नगरपालिकामा एकैदिन एक सय ४६ जना काेराेनाकाे नयाँ संक्रमित देखिएका छन् । याे सँगै सिन्धुपाल्चोकमा काेराेनाकाे दाेस्राे लहरमा संक्रमित हुनेकाे संख्या नाै सय ५३ पुगेकाे छ ।
साेमबार संक्रमितकाे संख्या सात सय ६९ थियाे । मंगलबार दिउसाे ३८ थपिएकाे थियाे । त्याे सँगै चाैतारा साँगाचाेकगढी नगरपालिकाबाट १४६ थपिएपछि कुल संक्रमितकाे संख्या नाै सय ५३ पुगेकाे जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
चाैतारामा देखिएका संक्रमितमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!