Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाचारमहासंघको कोभिड कोषमा सहयोग जुट्दै (हालसम्म कस कसले गरे सहयोग, सूचीसहित)

महासंघको कोभिड कोषमा सहयोग जुट्दै (हालसम्म कस कसले गरे सहयोग, सूचीसहित)


चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले स्थापना गरेको कोभिड १९ राहत कोषमा रकम जम्मा हुने क्रम बढेको छ । अहिलेसम्म करिब आठ लाख रुपैयाँको हाराहारीमा रकम जम्मा भएको महासंघले जनाएको छ ।
कोरोनाको मारमा रहेर अग्रपंक्तिमा खटिने र संक्रमित पत्रकारका लागि महासंघले राहत कोष स्थापना गरेको हो । महासंघको कोषमा तातोपानीका समाजसेवी छिरीङ शेर्पाले एक लाख रुपैयाँ, हाल अमेरिका रहेका चौताराका रामचन्द्र श्रेष्ठले पाँच सय डलर (५८ हजार ६ सय १० नेपाली रुपैयाँ) सानोसिरुवारीका रामप्रसाद धितालले पचास हजार पाँच सय, चौताराका गम्भीरलाल श्रेष्ठले पचास हजार, हाल अमेरिका रहेका कुविण्डेका माधव शर्माले ३१ हजार पाँच सय ५६, अमेरिका रहेका उद्धव प्याकुरेलबाट पच्चीस हजार तीन सय ६३, नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखाले पच्चीस हजार, बच्चु पौडेलबाट पच्चीस हजार, मसिना खड्काबाट पच्चीस हजार, हाल अमेरिका रहेका चौतारा छापका अंक श्रेष्ठले एक्काइस हजार दुईसहित अन्य व्यक्तिहरुको सहयोग गरेको छ ।
कोषमा रकम जम्मा गर्न महासंघका अध्यक्ष जीवन श्रेष्ठ, उपाध्यक्ष दिनेश थापासहित कार्यसमिति र अन्य पत्रकारहरु सक्रिय छन् ।
शाखाका सदस्य तथा जिल्लामा क्रियाशील पत्रकारका लागि स्थापना गरिएको सो कोष महासंघले सञ्चालन गर्नेछ । कोषमा जम्मा भएको रकमबाट कार्यविधि बनाएर पीडित पत्रकारलाई आवश्यक अनुसारको सहयोग गरिने महासंघका अध्यक्ष जीवन श्रेष्ठले बताए ।
अन्य दाताबाट सहयोग गर्न पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले आव्हानसमेत गरेको छ । सो कोषमा सहयोग गर्न चाहनेले नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकको मेगा बैंक लिमिटेड, चौतारा शाखाको खाता नं. ०१४००६०००३७२२ मा रकम जम्मा गर्न सक्ने महासंघले जनाएको छ ।
यस सहयोगबाट पीडामा परेका पत्रकारलाई सो पीडाबाट उम्कन केही राहत पुग्ने महासंघले विश्वास लिएको छ ।

हालसम्म सहयोग गर्नेहरु ।

सहयोगीको नाम ठेगाना सहयोग रकम
छिरीङ शेर्पा भोटेकोशी १०००००
रामचन्द्र श्रेष्ठ चौतारा, हाल अमेरिका० ५०० डलर ५८६१०
रामप्रसाद धिताल सानोसिरुवारी ५०५००
गम्भीरलाल श्रेष्ठ चौतारा ५००००
माधव शर्मा कुबिण्डे, हाल अमेरिका  ३१५६६।
उद्धव प्याकुरेल सुनकोशी,अमेरिका २५३६३
बच्चु पौडेल भोटेकोशी २५०००
नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखा २५०००
मसिना खडका भण्डारी सुनकोशी २५०००
अंक श्रेष्ठ चौतारा छाप, हाल अमेरिका  २१००२।
कमल श्रेष्ठ चौतारा ,हाल अमेरिका  १५,०६९ ।
कमल प्याकुरेल लिसंखुपाखर १००००
चुपबहादुर थापा सुनकोशी १००००
शम्भुबहादुर तिमल्सिना (महासचिव, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ) १०१००
राजन सुवेदी सुनकोशी, २१११
राम भारती, इन्जिनियर, ५५५५
शोभा कार्की, सुनकोशी, ५००५
रेशमबहादुर थापा सुनकोशी ५१००
टंक दुलाल चौतारा १००००
भिमसेन खनाल पाँचपोखरी ६७८९
राम गौतम मेलम्ची ५१००
राधाकृष्ण श्रेष्ठ जलविरे १००००
रुपक धिताल सानोसिरुबारी १०,१००।
दिनेश धिताल सानोसिरुबारी १००००।
मनु राई संखुवासभा, हाल अमेरिका  ११००४।

सुरेन्द्र श्रेष्ठ नेपाल – १२३४५ ।

सुशिला पाख्रिन बह्रविसे १००००
कृष्ण श्रेष्ठ चौतारा , हाल नर्वे  १०००० ।
ज्ञानेन्द्र श्रेष्ठ मेलम्ची ५०००

कौशिला थापा सुनकोशी ११०००
लिला बानियाँ क्ुञ्चोक १०१००
श्याम लामा बतासे १०,०००
सबिन श्रेष्ठ चौतारा १०,०००।
कुमार भट्टराई मेलम्ची ५१११

सुविन ठकुरी लिसंखुपाखर ५१००
राधाकृष्ण श्रेष्ठ मेलम्ची ५०००
उद्धव अधिकारी इन्द्रावती ५५००
शिवराम भट्टराई मेलम्ची ५०००
रुद्र दुलाल मेलम्ची २०००
शुर्दशन लुइटेल मेलम्ची ५०००
शलिकराम अधिकारी मेलम्ची २५००
सुरेश कसजु , महासंघ सदस्य  ५०००
दिनेश दुलाल , महासंघ कार्यसमिति सदस्य,  ५०००
बासुदेव नेपाल चौतारा ५१११
यज्ञराज कार्की सुनकोशी २५५१
रामशरण कार्की सुनकोशी ५०००
कुलप्रकाश न्यौपाने चौतारा २००५
प्रकाश पराजुली बाह्रविसे ५५००
शम्भु लामा सुनकोशी ५५५५
ओम उप्रेती चौतारा ५१००
कुमार कार्की सुनकोशी ३१००
सञ्जिव सापकोटा चौतारा ५०००
विष्णु न्यौपाने सुनकोशी ३१००
सुनिल मिजार मेलम्ची २१००
बलराम खत्री तिमिल्सिना सुनकोशी २२२२
चक्र बहादुर बस्नेत सुनकोशी ५५५५
तिर्थराज पौडेल बाह्रविसे १११११
जयराम चौलागाई मेलम्ची २००१
कुमारी तामाङ लिसुंपाखर १००००
बासुदेव जिसी सुनकोशी ५०००
राजेन्द्र कायस्थ जलविरे ५१००।
भेषनाथ सापकोटा कुबिण्डे – ५००० ।
आशिक गुरुङ ९ हाल दुबइ ० ५००० ।
रमेश दुलाल सानोसिरुबारी २५०० ।
चन्द्र अर्याल सानोसिरुबारी ५०००
महाकाली बचत तथा ऋण सहकारी संस्था ५००० ।
भिमलाल श्रेष्ठ,चौतारा ५१००।
नवराज दुलाल मेलम्ची २०००
कमल थापा सुनकोशी २०००


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!