आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकमा संक्रमित बढ्दै : छैन आइसीयू र भेन्टिलेटर

सिन्धुपाल्चोकमा संक्रमित बढ्दै : छैन आइसीयू र भेन्टिलेटर


चौतारा । परीक्षणको संख्या बढाएसँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या पनि उत्तिकै बढेको छ । कोभिड १९ को दोस्रो लहरमा मात्रै सिन्धुपाल्चोकमा ५जना को मृत्यु भयो, ६ सय बढी संक्रमित भए ।
तर, आइसियू कक्ष र भेन्टिलेटर नहुँदा उपचारमा निकै समस्या परिरहेको छ । तीन नगर र नौ गाउँपालिकाभर संक्रमित दिनह“ु बढ्दै गएपनि आइसीयु र भेन्टिलेटर छैन । अघिका केही संक्रमितले समयमै उपचार नपाउनुकासाथै भेन्टिलेटर र आइसीयु नह“ुदा मृत्युवरण गर्न बाध्य पनि भए ।
जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईकाअनुसार भेन्टिलेटर र आइसीयु नभएपनि पछिल्लो समय आइसोलेशन बेड, कन्ट्रयाक्ट ट्रेसिङ र शंकास्पदको स्वाब संकलनमा तीव्र बनाइएको छ । ‘जिल्लाभर ८८ वटा अक्सिजनसहित ८८ वटा आइसोलेशन बेड तैयारी अवस्थामा राखिएको छ ।’ उनले भने । जिल्ला समन्वय समितिमा ९ बेड, फिल्ड ट्रेनिङमा १२, जुगलको बराम्चीस्थित रत्न राज्य माविमा २० बेड, सिन्धुसदाबहार अस्पतालमा २५ बेड, बाह्रबिसे प्रास्वाकेमा १२ र मेलम्चीमा १० बेड आइसोलेशन तयार रहेको उनले जानकारी दिए ।
हेलम्बु, त्रिपुरासुन्दरी, सुनकोसी, लिसंखुपाखर र भोटेकोशी गाउँपालिकाले चिकित्सकसहितको आइसोलेशन संञ्चालनमा ल्याएका छन् । बलेफी र जुगलको संयुक्त पहलमा बराम्ची रत्नराज्य माविमा, लिसंखु र सुनकोसीले सिन्धुसदाबहार अस्पतालमा आइसोलेशन चलाएका छन् । भोटेकोशीले तीन वटा एम्बुलेन्स तयार राखेर, अक्सिजनसहित डाक्टर राखेर दुगुना, फुल्पिङकट्टी र चाकुमा गरी २३ बेडको आइसोलेशन तैयार राखेको छ ।

त्यस्तै हेलम्बु र इन्द्रावतीले पहिलेझै स्वास्थयकर्मी र अक्सिजनसहित गाउपिच्छै २० बेडको आइसोलेशन तैयार राखेर एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई घरमै खटाइरहेको छ । जिल्लाभर आइसोलेशन तयार भएपनि अहिले १४ संक्रमित मात्रै यहा“को आइसोलेशनमा बस्छन्, अरु ३ सय ४८ जिल्लाभित्रै होम आइसोलेशनमा छन्, भने अन्य एकसय ४६ जिल्लाबाहिर बस्छन् । ‘अहिलेसम्म जिल्लामा ९० सिलिण्डर अक्सीजन छ , तीमध्ये २५ सिलिण्डर अक्सिजन जिल्ला अस्पताल र बाकी २५ बेडको आवश्यकताअनुरुप जिल्लाभरका आइसोलेशन सेन्टरमा लगिनेछ,’चापागाईले भने । त्यसैगरी जिल्लाका विभिन्न उधोग,क्रसरसग जम्मा भएको अक्सीजन जम्मा गर्ने काम नेपाली सेना र प्रहरीलाई जिम्मा दिइएको उनले जनाए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!