Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाचारपत्रकार महासंघद्वारा कोभिड राहत कोष स्थापना

पत्रकार महासंघद्वारा कोभिड राहत कोष स्थापना


चौतारा । नेपाल पत्रकार महासंघले कोभिड १९ राहत कोषको स्थापना गरेको छ । कोरोनाको मारमा रहेर अग्रपंक्तिमा खटिने र संक्रमित पत्रकारका लागि महासंघले राहत कोष स्थापना गरेको हो ।
शाखाका सदस्य तथा जिल्लामा क्रियाशील पत्रकारका लागि स्थापना गरिएको सो कोष महासंघले सञ्चालन गर्नेछ । कोषमा जम्मा भएको रकमबाट कार्यविधि बनाएर पीडित पत्रकारलाई आवश्यक अनुसारको सहयोग गरिने महासंघका अध्यक्ष जीवन श्रेष्ठले बताए ।
कोषमा हालसम्म एक लाख रुपैयाँ संकलन भएको छ । अन्य दाताबाट सहयोग गर्न पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले आव्हानसमेत गरेको छ । सो कोषमा सहयोग गर्न चाहनेले नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकको मेगा बैंक लिमिटेड, चौतारा शाखाको खाता नं. ०१४००६०००३७२२ मा रकम जम्मा गर्न सक्ने महासंघले जनाएको छ ।
यस सहयोगबाट पीडामा परेका पत्रकारलाई सो पीडाबाट उम्कन केही राहत पुग्ने महासंघले विश्वास लिएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!