Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाचारइन्द्रावतीका सबै कार्यालय बन्द, कोभिड रोक्न महत्वपूर्ण कामहरु हुँदै (के के छन् निर्णय)

इन्द्रावतीका सबै कार्यालय बन्द, कोभिड रोक्न महत्वपूर्ण कामहरु हुँदै (के के छन् निर्णय)


नवलपुर । नेपालमा भित्रिएको कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता इन्द्रावती गाउँपालिकाले कोभिड नियन्त्रणका लागि महत्वपूर्ण निर्णय गरेकोछ । तत्कालका लागि एक सातासम्म इन्द्रावतीका सबै कार्यालय बन्द गर्ने देखि बाहिरबाट आएकाहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी नियम इन्द्रावतीले बनाएको छ ।
गाउँपालिकामा कोरोना फैलन नदिन निषेधाज्ञा जारी गर्नेसमेत आज बसेको कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले निर्णय गरेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । स्थानीय प्रशासन ऐन २०२८ दफा ६ उपदफा ३ बमोजिम अतिआवश्यक काम बाहेक कुनै पनि नागरिकलाई घरबाट बाहिर ननिस्कन ईन्द्रावती गाउँपालिकाको झ्याडी, कुन्चोक, नवलपुर, मेलम्ची सडक आसपासको क्षेत्र, नवलपुर, ज्यामीरेमाने, भिमटार, सिपाघाट सडक आसपासको क्षेत्रमा एक हप्ता अवधिको लागि निषेधाज्ञा जारी हुन जिल्ला प्रशासन कार्यालयमा सिफारिश गर्ने निर्णय भएको अध्यक्ष तामाङले सिन्धु खबरलाई जानकारी दिए ।
विश्वब्यापी महामारीको रुपमा कोभिड १९ को संक्रमण फैलिई हालको विषम परिस्थितिमा यस ईन्द्रावती गाउँपालिकामा पनि तिव्र रुपमा फैलिएको देखिएकाले कोभिड १९ संक्रमण रोकथामको र नियन्त्रणका लागि वैठक गरिएको हो । आजैमात्र इन्द्रावतीमा १४ संक्रमित भएका छन् ।
गाउँपालिकाले अति आवश्यकबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्क्न अपिल गरेको छ । आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने ब्यक्तिलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानून बमोजिम सजाँय गर्ने, सोको लागि सिफारिश गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए । सोको लागि सुरक्षा निकायबाट अनुगमन गरिनेछ ।
त्यस्तै इन्द्रावती गाउँपालिका, वडा नं ७, सिपापोखरेमा रहेको सिडिसिएफको भवनमा निर्माण गरिएको आईसोलेसन कक्षलाई १३ बेड रहने गरी विस्तार एवं अक्सिजन सहित थप ब्यवस्थित बनाउने पौडेलले जानकारी दिए ।

यस्ता छन् कोभिड नियन्त्रणका लागि अन्य निर्णयहरु

क) सर्वसाधारणहरुका लागि
– अत्यावश्यक काम नपरी सर्वसाधारणहरुमा घरबाट बाहिर ननिस्कन आह्वान गर्ने,
– गाउँपालिका भन्दा बाहिरबाट गाउँपालिका आउने ब्यक्तिहरुलाई अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाईनमा बस्न लगाउने,
– मेला महोत्सब, जात्रा, पार्टी, भोज, सप्ताह, एकाह पुराण बाचन जस्ता सामाजिक कार्य तत्काललाई नगर्ने, नगराउने, सन्चालनमा निषेध गर्ने,
– विवाह, ब्रतबन्ध, छेवर, लगायत परम्परागत सामाजिक कार्यमा सुरक्षा मापदण्ड पालन गरी घरभित्र मनाउने, घरपरिवार भित्र सिमित गर्ने,
– नेपाल सरकारद्धारा तोकिएको सामाजिक दुरी ( एक अर्का बीच न्युनतम २ मी) र स्वास्थ्य मापदण्ड (साबुन पानीले हात धुने, माक्स र स्यानीटाईजरको प्रयोग) अनिवार्य पालना गर्ने ।
– कोभिड १९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारको समस्या देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था, नवलपुर प्राथमिक अस्पताल, वडा कार्यालय वा गाउँपालिकामा सम्पर्क राख्ने ।
– विदेशबाट नेपाल आएका, संक्रमित सम्भावना भएका अस्पताल, स्थान विशेषबाट यस गाउँपालिकामा आउने ब्यक्तिहरुलाई पिसिआर परिक्षणको नेगेटिभ रिपोर्ट सहित अनिवार्य रुपमा होम क्वारेन्टाईनमा राख्ने ब्यवस्था मिलाउने,
– भिडभाड नगर्न सार्वजनिक सूचना जारी गर्ने, माईकिङ गर्ने सोका लागि आवश्यक ब्यवस्थापन मिलाउने,
-खाद्यान्न सामाग्री सुरक्षा मापदण्ड अपनाएर होम डेलीभरीको ब्यवस्था मिलाउने । खाद्यान्न डेलीभरी गर्ने साधन तथा निर्माण सामाग्रीका साधन तथा अत्यावश्यक अवस्थामा बाहेक अन्य सवारी साधन सन्चालनमा रोक लगाउने ।
ख) संस्थागत निकायहरुका लागि
– ईन्द्रावती गाउँपालिका अन्तर्गत गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, बैंक तथ वित्तिय संस्थाहरु विद्यालय प्रशासन आदि आजको मितिबाट ७ दिन सम्म (मिति २०७८ बैशाख ३१ गते सम्म) वा अर्का निर्णय नभए सम्मको लागि अत्यावश्यक सेवा बाहेक सवै सेवा बन्द गर्ने ।
– हालको विषम परिस्थितिमा गाउँपालिका भित्र सरकारी गैर सरकारी निकायबाट कुनै पनि किसिमका सभा सम्मेलन, गोष्ठि, सेमिनार सन्चालन गर्न निषेध गर्ने । भौतिक उपस्थितिमा प्रस्ताव गरिएका साविकका सवै बैठक तथा सन्चालन भईरहेका तालिम, गरिव घर परिवार पहिचान तथ्याँक संकलन, घर नम्बरिङ कार्य स्थगित गर्ने ।
– स्थानीय प्रशासन ऐन २०२८ दफा ६ उपदफा ३ बमोजिम अतिआवश्यक काम बाहेक कुनै पनि नागरिकलाई घरबाट बाहिर ननिस्कन ईन्द्रावती गाउँपालिकाको झ्याडी, कुन्चोक, नवलपुर, मेलम्ची सडक आसपासको क्षेत्र, नवलपुर, ज्यामीरेमाने, भिमटार, सिपाघाट सडक आसपासको क्षेत्रमा एक हप्ता अवधिको लागि निषेधाज्ञा जारी हुन जिल्ला प्रशासन कार्यालयमा सिफारिश गर्ने ।
– गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरु सुरक्षा मापदण्ड पालना गराई प्रभावकारी रुपमा सन्चालन गर्ने ।
– सम्बन्धित वडा कार्यालय तथा वडा स्तरीय कोभिड १९ नियन्त्रण तथा ब्यवस्थापन समिति मार्फत वडाको कोभिड नियन्त्रण रोकथामको कार्यलाइ प्रभावकारी बनाउन समुदायस्तरमा अनुगमन, निरिक्षण, सञ्चार, समन्वय तथा आवश्यक ब्यवस्थापन मिलाउने ।
निर्णय नं. ३.
आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने ब्यक्तिलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानून बमोजिम सजाँय गर्ने, सोको लागि सिफारिश गर्ने । सोको लागि सुरक्षा निकायबाट अनुगमन गर्ने ।
निर्णय नं. ४.
ईन्द्रावती गाउँपालिका, वडा नं ७, सिपापोखरेमा रहेको सिडिसिएफको भवनमा निर्माण गरिएको आईसोलेसन कक्षलाई १३ बेड रहने गरी विस्तार एवं अक्सिजन सहित थप ब्यवस्थित बनाउने ।
निर्णय नं. ५.
ईन्द्रावती गाउँपालिका, वडा नं ७, सिपापोखरेमा रहेको सामुदाको भयक उत्थान केन्द्र (सुक) को भवनमा १५ बेडको क्वारेन्टाईन÷होल्डिङ सेन्टरको रुपमा विस्तार एवं ब्यवस्थित बनाउने ।
निर्णय नं. ६.
ईन्द्रावती गाउँपालिका कोरोना नियन्त्रण, ब्यवस्थापनको लागि संक्रमण संभावित समुदायस्तरमा एन्टिजेन्ट परीक्षण तथा उपचार प्रभावकारी बनाउन बोडगाउँ मेडिकल सेन्टरसंग संयुक्त रुपमा पहल गर्ने । आवश्यक साधन तथा जनशक्ति परिचालनमा सहयोगका लागि बोडगाउँ मेडिकल सेन्टरलाइ अनुरोध समेत गर्ने ।
निर्णय नं. ७.
ईन्द्रावती गाउँपालिका कोरोना नियन्त्रण, ब्यवस्थापनको आवश्यक समन्वय तथा सहयोग गर्नका लागि गाउँपालिका भित्रका ब्यापारिक संस्था, ब्यवसायिक संस्था, गै.सं.स. हरुलाई अनुरोध गर्ने ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!