Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारउपचार गर्न लैजादै गर्दा मृत्यु भएका पुरूषकाे स्वाब लिईयाे

उपचार गर्न लैजादै गर्दा मृत्यु भएका पुरूषकाे स्वाब लिईयाे


चाैतारा । स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि धुलिखेल लैजाँदै गर्दा बाटैमा मृत्युु भएका पुरूषकाे स्वाब लिईएकाे छ ।
अाज सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ४ कुभिण्डेका एक पुरुषको मृत्यु भएको थियाे । ५३ वर्षीय पुरुषको अस्पताल लाँदालादै साँगाचोकमा मृत्यु भएको हो ।
उनको पीसीआर परीक्षण गर्दा गत शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । उनका छोराको भने कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
मृतककाे अन्तिम दाहसंस्कार गरिदै छ । नेपाल आर्मीले दाहसंस्कारकाे व्यवस्थापन गर्दैछ ।
रिपोर्ट नेगेटिभ आएपनि आज श्वास फेर्न गाह्रो भएपछि उनलाई चौतारा अस्पताल ल्याइएको थियो ।
चौतारा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अक्सिजनसहित एम्बुलेन्समा धुलिखेल लान चौतारा अस्पतालका चिकित्सकले सुझाव दिएका थिए ।
धुलिखेल अस्पताल नपुर्याउदै साँगाचोकमा उनको मृत्यु भएको हो । उनको शनिबार कोरोना नेगेटिभ आएपछि पुन परीक्षण गरिएको थिएन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस