Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारकोरोनाको दोस्रो लहर : संक्रमितको संख्या एक सय पुग्यो

कोरोनाको दोस्रो लहर : संक्रमितको संख्या एक सय पुग्यो


चौतारा ।

कोभिड १९ को दोस्रो लहर सुरु भएयता सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या एक सय पुगेको छ । हिजो गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आज १५ थपिएसँगै संक्रमितको संख्या एक सय पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हिजो ४५ जनाको स्वाब संकलन गरिएको थियो । ती मध्ये ३० जनाको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोनाको दोस्रो लहरमा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ । आज विहान कोरोना नेगेटिभ देखिएका कुविण्डेका एक व्यक्तिलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएका उनलाई चौतारा अस्पतालबाट धुलिखेल लैजाँदै गर्दा साँगाचोकमा पुग्दा मृत्यु भएको हो । मृत्यु भइसकेको मान्छेको कोरोना परीक्षण नगर्ने सरकारको नीति छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस