Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारभोलिबाट हेलम्बु गाउँपालिकाबाट हुने सेवाप्रवाह बन्द

भोलिबाट हेलम्बु गाउँपालिकाबाट हुने सेवाप्रवाह बन्द


हेलम्बु । भोलि (बुधबार) बाट हेलम्बु गाउँपालिकाबाट हुने सेवा प्रवाह बन्द हुने भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट हुने सेवा प्रवाह बन्द गरिएको हो ।
हिजो (१३ गते) कार्यालयका कर्मचारीहरुके कोरोना परीक्षण गरिएको थियो । सो मध्ये केही कर्मचारीमा कोरोना संक्रमण रहेको आज पुष्टि भएको हो । संक्रमित कर्मचारीसँग निकट रहेकाहरुको परीक्षण भइरहेको र सेवाग्राहीमा समेत कोरोना फैलन सक्ने भएकाले सेवा बन्द गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सिन्धु खबरलाई जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले एक सूचना जारी गर्दै अर्काे सूचना नआएसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस