Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारपत्रकार महासंघ सिन्धु शाखाका नवनिर्वाचितलाई पदभार हस्तान्तरण

पत्रकार महासंघ सिन्धु शाखाका नवनिर्वाचितलाई पदभार हस्तान्तरण


चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका नवनिर्वाचितहरुलाई पदभार हस्तान्तरण गरिएको छ । गएको चैत २५ गते भएको ११ औं अधिवेशन अन्तर्गत भएको निनर्वाचनबाट विजयी भएकाहरुलाई आज पदभार हस्तान्तरण गरिएको हो ।
प्रतिनिधि सभाका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा, वाग्वती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल, वाग्मती प्रदेश साँसद निमा लामाको उपस्थितिमा पदभार गरिएको हो ।
निर्वाचनबाट अध्यक्षमा जीवन श्रेष्ठ, उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्री। सचिवमा विदुर आचार्य, सहसचिवमा नानीराम नेपाल,समावेशी सहसचिवमा केदार माझी, कोषाध्यक्षमा नेत्र पौड्याल विजयी भएका थिए । पदाधिकारीसहित कार्यसमिति सदस्य, केन्द्रीय परिषद र प्रदेश परिषदमा विजयी भएकाहरुले पदभार ग्रहण गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस