आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारसिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा नवनिर्वाचित लाई पदहस्तान्तरण

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा नवनिर्वाचित लाई पदहस्तान्तरण


काठमाडौं । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको दशौं अधिबेशनले निर्वाचित गरेको पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले नवनिर्वाचित अध्यक्ष होमवहादुर बस्नेत (राजकुमार) लाई पद हस्तान्तरण गरेका थिए । नेपाल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ गराईएको थियो । सो अवसरमा प्रमुख अतिथि ढकालले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको कामको प्रशंसा गरेका थिए । आगामी दिनमा संघलाई पर्ने समस्यामा साथ दिने बचन दिँदै ढकालले बर्तमान कार्यसमितिले ठोस योजना निर्माण गरेर अघि बढ्न सुझाव पनि दिएका थिए । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको आजीवन सदस्य बनेका ढकाललाई संघको तर्फ बाट सम्मान पनि गरिएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष दिनेश श्रेष्ठले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको हरेक समस्यामा साथ दिने बचन दिएका थिए । अर्का उपाध्यक्ष रामचन्द्र सांघाईले पनि उद्योगी ब्यवसायीको समस्या समाधानमा संघ र आफू सधै लागिरहने बताए ।

पदहस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले आफ्नो कार्यकालमा सबै बाट पाएको सहयोगले नै संघ अघि बढ्न सकेकोमा खुशी ब्यक्त गरेका थिए । साथै, यो कार्यसमितिले बिशेष योजना निर्माण गरेर अघि बढ्न सुझाव दिएका थिए । कोभिडका कारण उद्योगी ब्यवसायी समस्यामा परेको स्मरण गर्दै श्रेष्ठले पीडामा परेका उद्योगी ब्यवसायीलाई मल्हम लगाउन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ पछि हट्न नहुने बताए । श्रेष्ठले यो कार्यसमिति सफल पार्न जुनसुकै सहयोग गर्ने बचनबद्धता गरेका थिए ।

निवर्तमान महासचिव यादव दाहालले सञ्चालन गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय समितिका धेरै सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल हिमालय सीमापार वाणिज्य संघमा अशोककुमार श्रेष्ठको नेतृत्वमा भर्खरै निर्वाचित भएको कार्यसमितिलाई बधाई तथा सम्मान पनि गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!