Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाचारपत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति मत)

पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति मत)


चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी दुर्गा आचार्यलाई १६ मतको अन्तरले हराउँदै श्रेष्ठ विजयी भएका हुन् ।
९७ मतदाता रहेको सिन्धुपाल्चोक शाखामा अध्यक्षमा निर्वाचित श्रेष्ठले ५६ मत प्राप्त गरे । आचार्यले ४० मत प्राप्त गरिन् ।
शाखाको ११ औं अधिवेशनमा भएको निर्वाचनमा साविक माओवादी र एमाले निकट पत्रकार एक भएका थिए । नेपाली कांग्रेस निकट पत्रकारहरुले छुट्टै प्यानल खडा गरि चुनावी स्पर्धामा उत्रेका हुन् । निर्वाचनमा माओवादी र एमाले निकट पत्रकारहरुको बाम गठबन्धनको प्यानलै विजयी भएको हो ।
हिजो (बुधबार) भएको निर्वाचनमा उपाध्यक्ष पदमा दिनेश थापा निर्वाचित भए । उपाध्यक्षका प्रत्यासी किशोर बुढाथोकीलाई पछि पार्दै थापा निर्वाचित भएका हुन् । उपाध्यक्ष पदमा बुढाथोकीले ३६ मत प्राप्त गरे । थापाले ५४ मत ल्याउँदै विजयी भएका हुन् । त्यस्तै महिला उपाध्यक्षमा कमला पाख्रिनलाई पाखा लगाउँदै चन्द्रकला खत्रीले विजय हासिल गरिन् ।
शाखाको सचिवमा चित्र मिजारलाई पछाडी पार्दै विदुर आचार्यले बाजी मारे । सहसचिवमा नानीराम नेपाल विजयी बने । उनले रुपक पुरीलाई हराएका हुन् । त्यस्तै समावेशी सहसचिवमा नेत्र तामाङलाई केदार माझीले हराए भने कोषाध्यक्षमा निरोज चौलागाईंलाई पछाडी पार्दै नेत्र पौडेल विजयी बने ।
सदस्यहरुमा दिपक खत्री, देवराज सुवेदी, अशोक पराजुली, प्रभात श्रेष्ठ र दिनेश दुलाल निर्वाचित भए ।

 

१ अध्यक्ष
जीवन प्रसाद श्रेष्ठ ५६
दुर्गा आचार्य ४०
२ उपाध्यक्ष
किशोर बुढाथोकी ३६
दिनेश थापा ५४
३ उपाध्याक्ष महिला
कमला तामाङ ४०
चन्द्रकला खत्री ५१
४ सचिव
चित्रकुमार मिजार ४४
विदुर आचार्य ४९
५ सहसचिव समावेशी
केदार माझी ५५
नेत्र तामाङ ३८
६ सहसचिव खुला
नानीराम नेपाल ५८
रुपक पुरी ३३
७ कोषाध्यक्ष
निरोज चौलागाई ४०
नेत्रप्रसाद पौडेल ५४
८ सदस्य महिला
गोमा खत्री ५३
शान्ति श्रेष्ठ ३५
९ सदस्य खुला
अनिश तिवारी ३९
अशोक पराजुली ४७
दिनेश दुलाल ४९
दिपक खत्री ५९
देवराज सुवेदी ५३
पृथ्वीजंग पाण्डे ३७
प्रभात श्रेष्ठ ५१
विजय नेपाल ४६
सहदेव भण्डारी २६
हरिनाथ न्यौपाने ३०
१० केन्द्रिय परिषद सदस्य
प्रमोद न्यौपाने ४९
सुरेश कसजु ४७
ज्ञानेन्द्र तिमिल्सिना ४८
११ प्रदेश परिषद
जगन्नाथ दुलाल ४०
ट्रक खड्का ४१
टिका सुवेदी ५५
दुर्गा दुलाल ३७
निर्मल बस्नेत ५१
पुर्णप्रसाद मिश्र ३८
मणिसुन्दर कोइराला ५४
सन्तोष चौलागाई ४८
सीताराम कोइराला ४८

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस