Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारहिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध

हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध


काठमाडौं ।

नेपाल हिमालय सीमापार वाणिज्य संघको नयाँ कार्यसमितिका लागि उम्मेदवार मनोनयन सम्पन्न भएको छ । केही दिन पछि काठमाडौंमा हुने २१ औ साधरण सभा तथा १०औ अधिबेशन बाट नयाँ नेतृत्व चयन हुनेछ । आज निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार अध्यक्षमा अशोककुमार श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । श्रेष्ठ बरिष्ठ उपाध्यक्ष हुन् । बरिष्ठ उपाध्यक्षमा भने रामहरी कार्कीको मात्र उम्मेदवारी परेको छ । प्रथम उपाध्यक्षमा कुमार श्रेष्ठको उम्मेदवारी परेको छ । अन्य चार उपाध्यक्षका लागि सुजित बस्नेत,सुरेश श्रेष्ठ,अर्जुुन कार्की,नयनबहादुर पण्डित क्षत्रीको उम्मेदवारी परेको छ । महासचिवमा पनि एकमात्र भरतबहादुर कार्कीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । एक बरिष्ठ सचिवमा भक्तवहादुर पराजुलीको मात्र उम्मेदवार परेको छ । चार जना सचिवका लागि आठ जनाको उम्मेदवारी परेको छ । भरत बहादुर अर्याल, निरञ्जन कृष्ण श्रेष्ठ, विनोद बस्नेत, विकास प्रसाद रिसाल, रामचन्द्र पराजुली, तेज प्रसाद आचार्य, लोपसाङ शेर्पा, ग्रिविन्द्र कुमार चौलागाईको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा केदार बहादुर थापा र ओमनाथ घिमिरेको उम्मेदवारी परेको छ । सहकोषाध्यक्षमा लालबहादुर बस्नेत (सिद्धान्त) को उम्मेदवारी परेको छ । त्यस्तै १९ जना सदस्यका लागि २४ जनाको उम्मेदवारी परेको छ ।
सदस्यहरुको उम्मेदवारी यस प्रकार रहेको छ ।
महेश्वर बस्नेत (महेश)
रामचन्द्र थापा
विश्व बस्नेत
विष्णु प्रसाद न्यौपाने (बि.एन.)
सुरेन्द्र बस्नेत
लाक्पा शेर्पा
आङदोर्जे शेर्पा
कृष्ण बहादुर श्रेष्ठ
बलराम ढकाल
वाल्मीकी नाथ पराजुली (बलराम)
सुब्बा श्रेष्ठ
क्षितिज गौतम
सुवास तिमल्सिना
सन्तोष खत्री
रामहरि भण्डारी
धर्मलाल श्रेष्ठ
सिंग बहादुर श्रेष्ठ
निमा लामा
सुमन श्रेष्ठ
छिरिङ्ग फिन्जो लोप्चन
नारायण प्रसाद दाहाल
तुलसी राउत (श्याम)
प्रेम कुमार शेर्पा
नारायण पराजुली (नारे)

उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्ष,बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु,महासचिव र बरिष्ठ सचिवमा निर्विरोध भएको छ । अन्य पदमा पनि निर्बिरोधको पहल भईरहेको अध्यक्ष बच्चु पौडेलले जनाकारी दिए । अधिबेशनको दिनसम्म सवै पदमा निर्विरोध हुने अध्यक्ष पौडेलले बताए ।

 

 

 

 

 

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस