Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारनेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे उम्मेदवारी

नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे उम्मेदवारी


काठमाडौ । अासन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सिन्धुपाल्चोकबाट अध्यक्ष पदसहित पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
२५ गते हुने महासंघको निर्वाचनमा केन्द्रीय अध्यक्षका लागि रामप्रसाद दाहालले उम्मेदवारी दिएका हुन् । त्यस्तै महासंघकाे बरिष्ठ उपाध्यक्षमा माधव नेपाल, एसाेसियट सचिवमा केपी ढुंगाना र केन्द्रीय सदस्य पदका लागि युवराज पुरीले उम्मेदवारी मनाेनयन गरेका हुन् । खुला केन्द्रीय सदस्यमा बासुदेव शर्माले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
हैबुङका दाहाल महासंघका हालका सचिव हुन् ।
मानेश्वाँराका नेपाल प्रेस चाैतारीका बरिष्ठ उपाध्यक्ष हुन् । तालामाराङका ढुंगाना उकेरा डटकमका सम्पादक हुन् भने ज्यामिरेका पुरी महासंघ सिन्धुपाल्चोकका पूर्व अध्यक्ष, प्रेस युनियनका पूर्व अध्यक्ष र महासंघ वाग्मती प्रदेशका हालका सदस्य हुन् । शर्मा बरिस्ठ पत्रकार हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस