Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाचारपत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा जीवन श्रेष्ठको उम्मेदवारी हुने

पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा जीवन श्रेष्ठको उम्मेदवारी हुने


चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको ११ जिल्ला अधिवेशनमा हुने आसन्न निर्वाचनका लागि साविक प्रेस संगठन नेपालले अध्यक्ष पदमा जीवन श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
संगठनका नेता तथा तत्कालीन प्रेस सेन्टर सिन्धुपाल्चोकका अध्यक्ष श्रेष्ठलाई संगठनबाट सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरिएको हो ।
आज राजधानीमाा भएको तत्कालीन प्रेस सेन्टर तर्फको बैठकबाट यस्तो निर्णय गरिएको हो । अन्य पदका लागि भने पछि फलफल गरिनेछ ।
संगठनका तर्फबाट अन्य संगठनसँग आवश्यक समन्वय र छलफलका लागि ३ सदस्यीय कार्यदल गठनसमेत गरिएको संगठनका सहसंयोजक अशोक पराजुलीले जानकारी दिए । कार्यदलमा दिनेश दुलाल, रामकृष्ण थापा र टीका दाहाल रहेका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस