Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारसिन्धु विकास बैंक मर्ज गर्न सुझाव

सिन्धु विकास बैंक मर्ज गर्न सुझाव


 

धुलिखेल ।

सिन्धु विकास बैंकको साधारणसभामा बैंक मर्जर गर्न सुझाव आएको छ । काभ्रेको धुलिखेलमा सम्पन्न ११ औं साधारण सभामा सहभागिहरुले बैंक मर्जरका लागि सुझाव दिएका हुन् । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको पहलमा स्थापना भएको बैंकको साधारणसभा जुममार्फत सञ्चालन भएको थियो । साधारणसभाका प्रमुख अतिथि सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष होमवहादुर बस्नेत (राजकुमार)ले कृषि उद्योगलाई प्रोत्साहन गर्ने किसिमको ऋण ब्यवस्थापन गर्न सुझाव दिएका थिए । सिन्धुपाल्चोक जिल्लामा रहेर कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्ने उद्योगीहरुलाई सहुलीयत दरमा ऋण दिने ब्यवस्था गर्नुपर्ने पनि बस्नेतको सुझाव थियो । ११ बर्ष अघि स्थापना भएको बैंकले सिन्धुपाल्चोकका शेयरधनीलाई बेवास्ता गरेको गुनासो पनि आउने गरेको छ । कार्यक्रमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले स्वरोजगार बृद्धि गर्ने ब्यवसाय सञ्चालनका लागि ऋण ब्यवस्थापन गरेर बैंकको स्तर बढाउनु पर्ने सुझाव दिएका थिए । बैंकले बागमती प्रदेश भर २३ स्थानमा सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस