Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाचारसिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्षमा बस्नेत निर्विरोध

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्षमा बस्नेत निर्विरोध


बाह्रविसे । चैत ७ मा तोकिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्षमा होमबहादुर बस्नेत (राजकुमार) निर्विरोध चयन भएका छन् ।आज १० बजेबाट सुरु भएको उम्मेद्वारी दर्तामा अध्यक्ष पदका लागि बस्नेतबाहेक अन्यको उम्मेद्वारी नपरेपछि उनी निर्विरोध भएका हुन् ।
बस्नेत हालका बरिष्ठ उपाध्यक्ष हुन् । उनी क्षमादेवी ग्रुपसँग आवद्ध छन् । उनी समाजसेवीसमेत हुन् । सबै राजनीतिक दल आस्था राख्ने सदस्यहरुले उनलाई समर्थन गरेकाले अध्यक्षमा निर्वरोध भएका हुन् । यसअघिकाका सबै अध्यक्षहरुले पनि उनलाई अध्यक्षका लागि सघाउ गरेका थिए ।
संघको कार्यसमितिको पदाधिकारीका लागि सदस्यबाट प्रक्रियागत रुपमा मनोनित गरि छानिनेछ । १७ सदस्यका लागि हुने मतदानका लागि आज तोकिएको मनोनयन दर्तामा ४२ जनाको उम्मेद्वारी दर्ता भएको हो ।
उद्योगी, व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २५ औं साधारण सभा तथा १० औं अधिवेशनका नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । संघमा २ हजार ३२ सदस्य छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!