Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाचारचार महिनापछि बेपत्ता पुजनको मोटरसाइकल र जुत्ता भोटेकोशी किनारमा भेटियो

चार महिनापछि बेपत्ता पुजनको मोटरसाइकल र जुत्ता भोटेकोशी किनारमा भेटियो


सिन्धुपाल्चोक । चार महिनादेखि बेपत्ता भोजपुर हतुवागढी ६ का २५ वर्षे पुजन राईको मोटरसाइकल र जुत्ता बिहिवार भोटेकोशी बसेरी ढुंगाखानीमा आधा डुबेको अवस्थामा भेटिएको छ ।

गएको कात्तिक २८ बाह्रबिसे नगरपालिका वडा ९ स्थित प्राथामिक स्वास्थ्य केन्द्रमा नेत्र सहायक पदमा कार्यरत राई सीमाक्षेत्रको हिन्दी बजारबाट फर्किएपछि चाकु बजारबाट एकाएक सम्पर्कविहिन भएका थिए ।

जिल्ला प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाकाअनुसार राईको गत मंसिर १ गते काभ्रेको ज्याम्दी र साठ्ठी घर पलाञ्चोकमा मोबाइलको जिपिआरएस ‘सिम लोकेशन’ देखिएको थियो ।

तर ,बिहिवार अचानक नदीकिनारमा क्षतिग्रस्त सवारीसहित जुत्ता भेटिएपछि सबैतिर खोजी कार्यलाई तिव्र बनाइएको सापकोटाले बताए ।

‘मोबाइलको लोकेशन त्यहाँ देखिएको थियो, बाइक र जुत्ता बाह्रबिसे नगरको बसेरी ढुंगाखानीमा भेटिएको छ, सबै कुराको ल्याब टेष्ट गर्न पठाइसकेका छौ, स्थलगत अनुसन्धानलाई तिव्र बनाइदैछ,’उनले भने ।

ती सबै वस्तुको ल्याब परीक्षणपछि मात्रै राईको मोटरसाइकल, जुत्ता कहिले डुब्यो ,कसरीजस्ता अनेक तथ्य खुल्ने उनले जानकारी दिए ।

त्यतिबेला काभ्रेको ज्याम्दी र साठ्ठी घर पलाञ्चोकमा ‘लोकशन’ पाउनेबित्तिकै प्रहरी दुुर्घटना या अन्य घटनाको शंकामा घटनास्थलमा पुग्यो, तर केही भेटिएन् ।

राईसँग चाकुसम्म फर्किएका स्थानीय राकेश श्रेष्ठसहित अन्य निकटलाई सोधपुछ गर्दापनि केही कुरा नखुलेपछि प्रहरी खोजी कार्यमै संलग्न थियो ।

काभ्रेपलाञ्चोक र भोटेकोशी क्षेत्रको शंकास्पद स्थानमा राई खोज्न प्रहरी सक्रिय रुपमा खटिरहेका छन् ।

ईलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहको नेतृत्वमा एक्जाभेटर प्रयोग गरेर राईको मोटरसाइकल र जुत्ता कोशीबाट निकालेर ल्याब परीक्षण गर्न लगिएको
छ ।

प्रहरी र बेपत्ता राईका दिदी कौशल्या राईले पुजन हराएलगत्तै भोटेकोशी नदीको बसेरी ढुंगाखानी क्षेत्र (आहिले मोटरसाइलक र जुत्ता भेटिएको स्थान) मा दर्जनौ पटक खोज्दा त्यतिबेला केही फेला नपरेको बताए ।

‘त्यतिबेला केही फेला परेको थिएन्, बिहिवार अचानक जुत्ता र बाइक भेटियो, यो योजनाबद्ध भएको देखिन्छ, ’उनले भनिन् ।

यसरी हराए राई
बाह्रबिसे नगरस्थित बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रको आँखा विभागमा नेत्र सहायक पदमा कार्यरत राई बा २१ प ५७९९ नम्बरको बुलेट मोटरसाइकल चढेर एकाएक निक्लिएका थिए ।

गत कात्तिक २८ अन्दाजी चार बजे कालो पाइन्ट, टिर्सट, रातो कालो र सेतो रङको कपडा लगाएका राई तिहार नजिकिएकाले घर जान टिकट काटेका थिए । राईले टिकट लिएपनि घर गएनन्, बरु साथीसँग भोटेकोशी क्षेत्र घुम्न निस्किए ।

प्रहरीका अनुसार भोटेकोशी गाउँपालिकाको हिन्दीका गणेश खड्का, रवि पौडेल ,सविन कार्कीलाई भेट्न राई भोटेकोशी चाकुका स्थानीय राकेश श्रेष्ठसहित हिन्दी बजार पुगेका थिए ।

तीन जना साथीसँग बिदा मागेर बाइकमा घर फिरेका राई र राकेश श्रेष्ठ भोटेकोशीको चाकु बजारमा आएर छुट्टिए । प्रहरीले गरेको स्थानीयसँगको सोधपुछमा त्यसपछि राई एक्लै बाह्रबिसे फर्किएको खुलेको छ ।

बाह्रबिसे आउने क्रममा चाकुछेउको मध्यभोटेकोशी जलविद्युतको जाली पर्खालमा राईको मोटरसाइकल ठोक्किएर लडेको थियो ।

त्यसपछि राई पछारिए, उनलाई स्थानीय श्याम श्रेष्ठले उठाएर ‘चोटपटक लाग्यो होला कहाँ जाने ?’ भनेर सोध्दा राईले आफ्नो मोटरसाइकलको ब्रेक बिग्रिएकाले बनाउने भन्दै वर्कसपको खोजी गरिरहेको बताएका थिए ।

त्यतिबेला राई मोटरसाइकल बनाउनको लागि चाकु बजार वारी पारी गर्दै थिए, रातको आठ बजेको थियो । त्यसपछि उनी एकाएक हराए, बाह्रबिसे फर्किए या त्यही बसे भन्नेबारे कतैबाट केही खुल्न सकेन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस