Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाचारसिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु

सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु


काठमाडौं । ललितपुरको नख्खु दोबाटोमा जीपको ठक्करबाट सिन्धुपाल्चोककी एक किशोरीको मृत्यु भएको छ । आज विहान ५ बजे बाटो काट्दै गरेकी सिन्धुपाल्चोक घर भइ बागडोल बस्ने १९ वर्षीया अन्जु दाहाललाई स १ ज ५६७ नम्बरको जीपले ठक्कर दिएको थियो । अन्जु कोटेश्वर क्याम्पसमा अध्ययनरत रहेको बुझिएको छ ।

ठक्करपछि उनको उपचारको लागि ग्वार्कोस्थित बिएन्डबी अस्पताल लग्ने क्रममा मृत्यु भएको हो । प्रहरीले जीप र चालक प्रविण गिरीलाई नियन्त्रणमा लिएको छ । मृतकका आफन्तहरूले राहत र दोषीमाथि कारबाहीको माग गर्दै अस्पताल अगाडि प्रदर्शन गरिरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस