Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठसमाचार७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने

७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने


चाैतारा ।
नेपाल पत्रकार महासंघको निर्वाचन आगामी चैत ७ गते हुने गरी तयारी थालिएको छ । पत्रकार महासंघको केन्द्रीय समिती, प्रदेश समिति र जिल्ला समितिकाे एकैपटक निर्वाचन हुनेछ ।
महासंघको आज बसेको निर्वाचन समितिको बैठकले यस्तो तयारी गरेको हो ।
फागुन ५ मा भएकाे महासंघ केन्द्रको साधारण सभाले निर्वाचन समिति गठन गरी निर्वाचन सम्बन्धि सम्पुर्ण अधिकार समितिलाई नै दिएको थियो । सोही अनुसार आज बसेको निर्वाचन समिति र महासंघको संयुक्त बैठकले यस्तो तयारी गरेको हो । निर्वाचन समिति र महासंघको पर्सि बस्ने संयुक्त बैठकले यसलाई अन्तिम रुप दिनेछ । केन्द्र, प्रदेश र जिल्ला तथा सबै एसोसिएटहरुको निर्वाचन एकैदिन हुने हुँदा हरेक जिल्ला तथा एसोसियटका साधारण सदस्यले पनि सबै समितिका सदस्य तथा पदाधिकारीलाई मत दिन पाउनेछन् ।

नयाँ निर्वाचन तालिका अनुसार केन्द्रिय समितिका सदस्य तथा पदाधिकारीले १५ दिन अघि, प्रदेशले ७ दिन अघि र जिल्लाले ३ दिन अघि मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसपछि एकैदिन सबै मतदानकेन्द्रमा एकैदिन मतदान हुनेछ । सोही दिन सम्बन्धित मतदानस्थलमा नै मत गनेर संख्या मात्रै प्रदेश तथा केन्द्रिय निर्वाचन समितिलाई पठाइनेछ ।
पत्रकार महासंघ सिन्धुपाल्चोकमा ९४ सदस्यले मताधिकार पाउनेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!