Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकका पत्रकारद्वय कमला र सिर्जना सम्मानित

सिन्धुपाल्चोकका पत्रकारद्वय कमला र सिर्जना सम्मानित


चाैतारा । नेपाल पत्रकार महासंघकाे २६ औ महाअधिवेशनमा सिन्धुपाल्चोकका दुई पत्रकार सम्मानित भएका छन् ।

बुधबार महासंघकाे काठमाडौमा भएको महाधिवेशनमा पत्रकारद्वय कमला पाख्रिन र सिर्जना बराम सम्मानित भएका हुन् ।

प्रेस युनियन सिन्धुपाल्चोककी सचिव कमला पाख्रिनले लैगिंक समानता पुरस्कार २०७७ र पत्रकार महासंघ सिन्धुपाल्चोककी सदस्य सिर्जना बराम विपत पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । कमला कान्तिपुर टेलिभिजनमा कार्यरत छिन् भने सिर्जना हिमालय टेलिभिजनमा कार्यरत छिन् ।

यसैगरी नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोक पनि सम्मानित भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी पत्रकारको हितमा योगदान गरे बपत सिन्धुपाल्चोक शाखा सम्मानित भएको हाे ।

यसअघि प्रेेस युनियन सिन्धुपाल्चोककि अध्यक्ष  तथा महासंघकि उपाध्यक्ष दुुुुर्गा आचार्य पनि सम्मानित भएकी थिईन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस