गृहपृष्ठ ∕ प्रवास ∕ अमेरिकामा खाडिचौरकी जीनाको रेलगाडीको ठक्करबाट निधन अमेरिकामा खाडिचौरकी जीनाको रेलगाडीको ठक्करबाट निधन सिन्धु खबर असोज २९, २०७७ गते ८:१० मा प्रकाशित काडमाडौं । न्यूयोर्कको क्विन्समा रेलगाडीको ठक्करबाट नेपाली युवतीको मृत्यु भएको छ । सिन्धुपाल्चोक खाडीचौर घर भै न्यूयोर्कमै बस्दै आएकी युवतीको रेलगाडीको ठक्करबाट मृत्यु भएको छ । लङ्ग आइल्याण्ड रेल रोड (एलआइआरआर) को सामग्री बोक्ने रेलगाडीले मंगलबार बिहान ५ बजे ठक्कर दिंदा नेपाली युवती परु श्रेष्ठ (जीना)को निधन भएको हो । जीनाको परिवारमा दुई दाई तीन दिदी र बुबा आमा छन् । उनी परिवारकी कान्छी छोरी हुन् । नेपाली समूदायका अनुसार उनको अन्तिम संस्कार आगामी शनिवार गरिने बुझिएको छ । उक्त घटना वुडसाईट स्टेसन (चौकी) नजिक भएको प्रहरीले जानकारी दिएका छन । उनको घटना स्थलमै निधन भएको थियो । उक्त घटना पछि अस्थायी रुपमा जमैका र पेन स्टेसन बीच यातायात रोकिएको थियो । अनधिकृत रुपमा उक्त स्थानमा प्रवेश गर्दा सामान बोक्ने गाडीले उनलाई ठक्कर दिएको प्रहरीले बताएको छ । क्याटेगोरी : प्रवास ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिन्धुपाल्चोकका किरणको इटालीमा मृत्यु स्याउलेका कुमारको कुवेतमा मृत्यु असहाय पढाउनका लागि गरिएको दिपावली साँझ सम्पन्न अनाथ असहाय बालबालिका सहयोगार्थ दिपावली साँझ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो