गृहपृष्ठ ∕ प्रवास ∕ स्याउलेका कुमारको कुवेतमा मृत्यु स्याउलेका कुमारको कुवेतमा मृत्यु सिन्धु खबर असार ११, २०७७ गते २१:५६ मा प्रकाशित चौतारा । कुवेतमा रोजगारीको सिलसिलामा पुगेका सिन्धुपाल्चोकका एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक स्याउले १ का विश्व कुमार श्रेष्ठको कुवेतको फर्वानिया अस्पतालमा उपचारकै क्रममा बुधबार मृत्यु भएको हो । नेपाली राजदुतावास कुवेतले पनि श्रेष्ठको मृत्यु भएको पुष्टि गरेको छ । उनी कुवेतको एक सेक्युरिटी कम्पनीबाट भागेर अवैधानिक रुपमा काम गर्दै आएका थिए । श्रेष्ठकी श्रीमती निरु श्रेष्ठले लामो समयदेखि श्रीमानको हात खुट्टा नचल्ने समस्या भएको बताइन् । ‘अस्पताल लग्दापनि अवैधानिक भएको कारण भर्ना गर्नै मान्दैनथे’ उनले भनिन्, ‘पछिल्लो समय दूतावासको सर आफै आएर भर्ना गरेर जानुभएको थियो । तर उहाँलाई हामी सबैबाट सदाका लागि चुँडेर लग्यो ।’ निरुले आफ्नो श्रीमानको शव नेपाल पठाइदिन पहल गर्न सबैसँग आग्रह गरेकी छिन् । कुवेतस्थित नेपाली दूतावासले कुमारमा कोरोना नदेखिएको र अरु नै कारण मृत्यु भएकाले उनको शव नेपाल पठाउने तयारी भइरहेको बताएको छ । उनका एक छोरा र एक छोरी नेपालमै छन् । क्याटेगोरी : प्रवास ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकामा खाडिचौरकी जीनाको रेलगाडीको ठक्करबाट निधन सिन्धुपाल्चोकका किरणको इटालीमा मृत्यु असहाय पढाउनका लागि गरिएको दिपावली साँझ सम्पन्न अनाथ असहाय बालबालिका सहयोगार्थ दिपावली साँझ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? ८महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह