Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाइन्द्रेश्वरीले ४७ औं वार्षिकोत्सव भव्य रुपमा मनायाे

इन्द्रेश्वरीले ४७ औं वार्षिकोत्सव भव्य रुपमा मनायाे


मेलम्ची । इन्द्रेश्वरी मावि मेलम्चीको ४७ औं वार्षिकोत्सव कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले पढाई सँगसँगै अतिरिक्त क्रियापलापमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

अर्यालले नयाँ सोच भएका युवाहरुलाई नगरले प्राथमिकता दिने बताउनुभयो । नगरपालिका क्षेत्रमा प्राविधिक जनशक्ति एवं विद्यालयहरुमा मुख्य विषयमा अध्यापन गराउन सक्ने जनशक्तिको अभाव भएकाले इच्छुक योग्यता पुगेका विद्यार्थीहरुलाई अध्यन अभिप्रेरित गर्नका लागि नगर प्रमुख छात्रवृति कोष स्थापना गर्ने प्रमुख अर्यालले बताउनुभयो । उक्त कोषमा यसै आर्थिक बर्षमा रु २०लाख जम्मागर्ने र आवश्यक कार्यविधि तयार भएको अर्यालले सुनाउनुभयो ।

सामुदायिक विद्यालयहरुमा कार्यरत बालबिकास सहजकर्ता , विद्यालय सहायक तथा विद्यालय सहयोगिले प्राप्त गरेको पारिश्रमिक अत्यन्तै न्युन भएकाले आगामि शैक्षिक सत्र २०७८ देखि नगरपालिकाको तर्फबाट प्रति महिना २ हजारका दरले १३ महिनाको पारिश्रमिक भुक्तानि गर्नका लागि ११ लाख विनियोजन गर्ने समेत अर्यालले बताउनुभयो ।

कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरु देवराज सुवेदी र दुर्गा आचार्यलाई हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

हुतराज अर्थचन्द्र जनहितकारी संस्था मेलम्चीले प्रत्येक वर्ष दिँदै आएको यो पुरस्कार जिल्लाका क्रियाशिल दुई पत्रकारले पाएका हुन् । शिक्षा क्षेत्रमा कलम चलाउँदै आएको पत्रकार देवराज सुवेदी र दुर्गा आचार्यलाई पुरस्कार स्वरुप रु ५हजार १ सय रुपिँया सहित सम्मान गरिएको संस्थाका सचिव सुदर्शन पाण्डेले जानकारी दिनुभयो ।

पुरस्कार ग्रहण गरिसकेपछ सुवेदीले सोहि विद्यालयमा सञ्चालित बौद्धिक क्षमता विस्तार कक्षालाई १० हजार १ सय रुपिँया सहयोग गर्नुभएको थियो । आफुलाई पुरस्कार ग्रहण गर्दा अत्यन्तै खुशि लागेको भन्दै आफुले पाएको रकममा रेडियो मेलम्चीको तर्फबाट रु ५ हजार थपगरि सहयोग गर्न पाउँदा झनै खुशि लागेको सुवेदीले बताउनुभयो ।

कार्यक्रममा इन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठलाई लामो समय शिक्षण पेशामा रहि काम गरेको भन्दै सम्मान गरिएको थियो । सोहि अवसरमा विद्यालयको खेल प्रशिक्षक रहि विद्यार्थीहरुलाई अन्र्तराष्ट्रिय पदक जिताउन महत्वपुर्ण भूमिका खेल्नुभएको भन्दै खेल प्रशिक्षक राजनमान श्रेष्ठलाई समेत विद्यालयले सम्मान गरेको थियो ।

साथै विद्यालयका उत्कृष्ट विद्यार्थी,खेलाडि, अभिभावक शिक्षक लगाएतलाई सम्मान गरिएको थियो ।कार्यक्रममा विद्यालयको विद्यालयको शैक्षिक उन्नतिको लागि अक्षयकोष स्थापना गर्ने शिवराम भट्टराई ,कृष्ण सुवेदी, दिनेश श्रेष्ठ, टंक प्रसाद दुलाल,प्रेम नारायण लामिछाने, श्याम खड्का लगायतलाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस