Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाबिद्यार्थीलाई न्यानाेसहित शैक्षिक सामग्री

बिद्यार्थीलाई न्यानाेसहित शैक्षिक सामग्री


लिसंखु । लियो क्लब अफ काठमाडौ,गोङ्गबुले लिसङ्खुपाखर गाउँपालिका- ६ पेट्कु स्थित श्री देवी माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई न्यानाे कपडा सहित शैक्षिक सामग्री वितरण गरेकाे छ । स्थानीय समाजसेवी सुरज खड्काकाे पहलमा विद्यालयका बिद्यार्थीलाई ६० थान स्विटर लगायत अन्य शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हाे ।
बिद्यालयको अवस्थालाइ मध्य नजर गर्दै बिद्यार्थीहरुलाइ अत्यन्तै आवश्यक सामाग्रीहरु ६० थान स्विटर,४ सय वटा कलम,१४४ थान कापी र १०० थान डायरी लगायतका शैक्षिक सामाग्रीहरु बिद्यार्थी हरुलाइ हस्तान्तरण गरिएको समाजसेवी खड्काले जानकारी दिए ।
सो क्लबले भोलिका दिनमा पनि बिद्यार्थीको लागि सहयोगको कार्यक्रम गर्ने क्लबका अध्यक्ष एन्जल पाण्डे ले बताए ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!