Techie IT
Tuesday, March 2,2021 / मंगलबार, फागुन १८, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाभूकम्पले ढालेको सिपापोखरेको राजेश्वरी मावि ठडियो

भूकम्पले ढालेको सिपापोखरेको राजेश्वरी मावि ठडियो


इन्द्रावती । भूकम्पले ढालेको इन्द्रावतीको राजेश्वरी माध्यमिक विद्यालय पुननिर्माण भई हस्तान्तरण गरिएको छ । २०७२ सालको भुकम्पमा क्षतिग्रस्त भएको इन्द्रावती ७ सिपापोखरेको राजेश्री माविको भवन पुननिर्माण पछि आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले गाउँपालिका अध्यक्ष वंशलाल तामाङलाई विद्यालय भवनको चावी हस्तान्तरण गरेका हुन् ।

एसियाली विकास बैंक र नेपाल सरकारको सहकार्यमा २४ कोठे पक्की भवन करिब ८ करोडमा शर्मा एण्ड खानी तथा गौरत निर्माण सेवाले निर्माण गरेको हो । १८ महिनामा सकाउने भनेर लिएको विद्यालय भवन निर्माण कम्पनीले समय अगावै सकेको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए । १२ कक्षासम्म पढाइ हुने विद्यालयमा १८ महिने कृषि प्राविधिकको पढाइ समेत हुने गर्दछ ।

सो विद्यालयमा ४ सय बढी विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले गाउँमै कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले तीन वर्ष अघि देखि नै कृषि प्राविधिकको पढाइ सुरु गरेको गाउँपालिका अध्यक्ष तामाङले बताए । प्राविधिक विद्यालय सञ्चालनका लागि शिक्षकको तलब र कार्यालय सञ्चालनको आवश्यक खर्च गाउँपालिकाले बेहोर्दै आएको छ ।

१२ वटा माध्यमिक विद्यालय भुकम्पमा क्षति पुगेको गाउँपालिकामा धेरै जसो विद्यालय निर्माणको अन्तिम चरणमा छन् । केही विद्यालय निर्माण भएर गाउँपालिकालाई हस्तान्तरण गरिसकिएको छ भने केही विद्यालय निर्माणको अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

सिङम्पालकाभ्रे मावि, कमलादेवी मावि, राजेश्वरी मावि, जनता मावि र सिग्मति मावि निर्माण भैसकेका छन् भने महेन्द्र मावि, नवलपुर मावि, ऐसेलुखर्क मावि, सिपा तीनघरे संस्कृत माविलगायत विद्यालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस