गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ जनसुधार आधारभूत विद्यालय अब भव्य भवनमा जनसुधार आधारभूत विद्यालय अब भव्य भवनमा सिन्धु खबर मंसीर २५, २०७७ गते २०:३१ मा प्रकाशित इन्द्रावती । श्री जनसुधार आधारभूत विद्यालयको भवन निर्माण काम सम्पन्न भई हस्तान्तरण गरिएको छ । आज इन्द्रावती गाउँपालिकामा एक कार्यक्रमका बीच सो भवन हस्तान्तरण गरिएको हो । भव्य कार्यक्रमकाबीच ठेकेदार कम्पनी शर्मा खानी जेभि र सहायक निर्माण कम्पनी गौरा निर्माण सेवाले निर्माणकार्य सम्पन्न गरि गाउँपालिका अध्यक्ष वंशलाल तामाङलाई सो भवन हस्तान्तरण गरेका हुन् । एशियाली विकास बैंक र नेपाल सरकारको आर्थिक सहयोग तथा पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन इकाई शिक्षा र जिल्ला शिक्षा आयोजना कार्यान्वयन इकाईको सहकार्यमा विद्यालयको भवन निर्मााण गरिएको हो । कार्यक्रममा इ. अनिलकुमार यादव, इ. प्रज्वल भण्डारी, वाड अध्यक्ष दुर्गा बहादुर तामाङ, प्रधानध्यापक शंकरनाथ आचार्य, राजनीतिकर्मी तथा समाजसेवी चिरञ्जीवी आचार्य, ठेकेदार प्रतिनिधि शिवराम दंगाल, राजनीतिकर्मी तथा समाजसेवी भरत थापा, वरिष्ठ इ. कृष्ण भद्र अर्याल, इ. नबराज लम्साल, इ. सुमन शाही, इ. चिरञ्जीवी तामाङ लगायतको उपस्थिति रहेको थियो । क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार “पत्रु खाना खुवाएर अभिभावकले जानी जानी बच्चाको स्वास्थ्य बिगारे” स्वास्थ्यमा समायोजनले स्थायी कर्मचारीको अभाव भूकम्पले ढालेको सिपापोखरेको राजेश्वरी मावि ठडियो अस्पतालमा परिणत हुँदै नवलपुर प्राथमिक स्वास्थ्य चौकी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै