Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाबार्षिक १ करोड उत्पादन गर्ने लक्ष्यका साथ सुनकोसीमा कृषि प्राविधिक विद्यालय

बार्षिक १ करोड उत्पादन गर्ने लक्ष्यका साथ सुनकोसीमा कृषि प्राविधिक विद्यालय


बाह्रबिसे । घरघरमा प्राविधिक उत्पादन गर्ने उद्देश्यले त्रिपुरासुन्दरी गाउँपालिका ३ मा प्राविधिक शिक्षाको पठनपाठन सुरु गरिएको छ । श्री महेन्द्र प्रताप कृषि प्राविधिक विद्यालयमा कृषि प्राविधिक विषयमा पठनपाठन हुने भएको हो ।

आज एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले उक्त विद्यालयको उद्घाटन गरेका हुन् । सीटीईभीटीईद्धारा स्विकृत १८ महिने कोर्स अध्ययनका लागि यो वर्ष ४० जना विद्यार्थी छनौट भइसकेका छन् । सबैलाई साझा पर्ने गरी प्राविधिक विद्यालय सुनकोसीमा सञ्चालन गर्न लागिएको हो ।

कृषि उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालित विद्यालयबाट कम्तीमा वार्षिक एक करोड माथिको उत्पादन गरेर बिक्रि गर्ने लक्ष्य रहेको वडाध्यक्ष सुकदेव रिसालले जानकारी दिए । कृषि प्राविधिकहरुलाई एम एस्सी र बि एस्सी पास गरेका शिक्षकहरुले अध्यापन गर्नेछन् ।

विद्यालय सञ्चालनका लागि प्रति विद्यार्थी ३६ हजार र बाँकी रकम गाउँपालिकाले सहयोग गर्ने छ । आज उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले विद्यालय सञ्चालनका लागि अपुग रकम सहयोग गर्न गाउँपालिका तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
ब्ब


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस