Techie IT
Saturday, January 23,2021 / शनिबार, माघ १०, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा कोरोनाबाट मर्नेको संख्या १४ पुग्यो, ६ सय ९५ संक्रमितमध्ये ५० सुरक्षाकर्मी

सिन्धुपाल्चोकमा कोरोनाबाट मर्नेको संख्या १४ पुग्यो, ६ सय ९५ संक्रमितमध्ये ५० सुरक्षाकर्मी


चौतारा । सिन्धुपाल्चोकमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ भने संक्रमितको संख्या ६ सय ९५ पुगेको छ । शनिबार जिल्लाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगैं संक्रमितको संख्या ६ सय ९५ पुगेको हो । जिल्ला अस्पतालले दिएको जानकारी अनुसार चौतारा साँगाचोकगढीमा सबैभन्दा बढी १ सय ३७ जना संक्रमित भएका छन् ।

त्यस्तै, इन्द्रावतीका ५८, जुगलका १६, त्रिपुरासुन्दरीका १८, पाँचपोखरीका ४०, बलेफिका ७१ जना संक्रमित छन् । त्यस्तै भोटेकोसीका २२, लिसंखुपाखरका २५, सुनकोसीका ३३, हेलम्बुका १४ छन् । त्यस्तै बाह्रबिसेका ८७ र मेलम्चीका ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै अन्य जिल्ला ३४, विदेशी १ र सम्पर्क हुन नसकेका ५६ जना छन् ।

यसैगरी जिल्लामा कार्यरत ५० सुरक्षाकर्मी कोरोनाबाट संक्रमित भएक छन् । प्रहरी प्रमुख एसपी राजन अधिकारीसहित जिल्लामा ५० सुरक्षाकर्मी कोरोना बाट संक्रमित भएका हुन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस