Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ६०० पुग्योे, कुन स्थानीय तहमा कति ?

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ६०० पुग्योे, कुन स्थानीय तहमा कति ?


चौतारा । सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ६ सय पुगेको छ । आज बलेफि गाउँपालिकामा पुष्टि भएका दुई संक्रमितसहित सिन्धुपाल्चोकमा ६ सय जना संक्रमित पुगेका हनु् । स्वास्थ्य कार्यालयले आज दिएको जानकारी अनुसार जिल्लामा १ सय ५६ महिला र ४ सय ४४ पुरुष गरी ६ सय जना संक्रमित भएका छन् ।

हालसम्म कोरोना जितेर ३ सय ७३ जना घर फर्केका छन् । सबैभन्दा बढी चौतारा साँगाचोकगढीका १ सय ७ जना संक्रमित भएका छन् । त्यस्तै, इन्द्रावतीका ५२, जुगलका १४, त्रिपुरासुन्दरीका १५, पाँचपोखरीका ३७, बलेफिका ५९, भोटेकोसीका २०, लिसंखुपाखरका २५, सुनकोसीका २८, हेलम्बुका १३ छन् । त्यस्तै बाह्रबिसेका ८० र मेलम्चीका ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै अन्य जिल्ला ३४, विदेशी १ र सम्पर्क हुन नसकेका ४५ जना छन् । यसैगरी सिन्धुपाल्चोकमा कोरोनाबाट १२ जनाको मृत्यु भैसकेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस