Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ५ सय ८७, १२ को मृत्यु

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ५ सय ८७, १२ को मृत्यु


चौतारा । सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ५ सय ८७ पुगेको छ । बिहीबार स्वास्थ्य कार्यायले दिएको जानकारी अनुसार १ सय ५२ महिला र ४ सय ३५ पुरुष गरी ५ सय ८७ मा संक्रमण पुष्टि भएको हो ।

जिल्लाका ३ सय ७३ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । अहिले सक्रिय संक्रमितहरु २ सय २ जना छन् । संक्रमितमध्ये सुरक्षाकर्मी सबैभन्दा बढी संक्रमित देखिएका छन् ।

जिल्लामा कार्यरत ३८ सुरक्षाकर्मी कोरोनाबाट संक्रमित भएका छन् । जिल्लामा कोरोनाबाट १२ जनाको मृत्यु भैसकेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस