Techie IT
Wednesday, December 2,2020 / बुधबार, मंसीर १७, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षामेलम्ची, लिसंखु र बलेफि कोरोनाको अत्यन्तै उच्च जोखिममा, हेलम्बु जोखिममा

मेलम्ची, लिसंखु र बलेफि कोरोनाको अत्यन्तै उच्च जोखिममा, हेलम्बु जोखिममा


चौतारा । सिन्धुपाल्चोकका तीन स्थानीय तह कोरोनाको अत्यन्तै उच्च जोखिममा परेका छन् । दसैँमा भएको चहलपहलले मुलुकका ४७ स्थानीय तहमध्ये जिल्लाका ३ गाउँपालिका र १ नगरपालिका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका हुन् । मेलम्ची नगरपालिका, लिसंखुपाखर गाउँपालिका र बलेफि गाउँपालिका कोरोनाको अत्यन्तै उच्च जोखिममा छन भने हेलम्बु कोरोनाको जोखिममा परेका हो ।

कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले गरेको एक अध्ययनमा देशभरका २२ स्थानीय तह कोभिडको अत्यन्तै उच्च जोखिममा र २५ स्थानीय तह उच्च जोखिममा परेको जनाइएको छ । जसमध्ये सिन्धुपाल्चोकका ४ स्थानीय तह कोरोना संक्रमणको जोखिममा परेको हो । जोखिममा परेका ४ स्थानीय तहमध्ये मेलम्ची नगरपालिकामा हालसम्म ५३ संक्रमित, बलेफिमा ३५, लिसंखुपाखरमा १९ र हेलम्बुमा ८ जना संक्रमित भएका छन् ।

सिसिएमसीले अत्यन्तै उच्च जोखिम र उच्च जोखिममा परेका स्थानीय तहको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ । सिसिएमसीले मोबाइल एपका आधारमा मानिसको आवतजावतलाई ट्रयाकि गरेको थियो । सिसिएमसीले कोरोनाको जोखिम क्षेत्रको मूल्यांकन गरी जानकारी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले यसअघिसम्म दुई सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई जोखिम र पाँच सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई उच्च जोखिममा राखेको थियो । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीका अनुसार मानिसहरूको आवतजावत गर्ने हिसाबले ती क्षेत्र बढी संक्रमित हुने देखिएको हो ।

‘दसैँमा त्यहाँ गएकालाई पनि फैलाउने र अन्तबाट आएकाहरूले पनि फैलने देखिएको छ,’ उनले भने । यी स्थानीय तह बढी जनसंख्या भएका क्षेत्र हुन् । जनसंख्या कम भएको ठाउँमा सीमित व्यक्तिलाई मात्रै सर्ने सम्भावना भए पनि बढी जनसंख्या भएको ठाउँमा कसले कसलाई भेट्यो भन्ने थाहा नहुने चिकित्सकहरू बताउँछन् । जिल्ला स्वास्थ्यका अनुसार जिल्लामा हालसम्म ४ सय ६७ जना संक्रमित छन् । भने ११ जनाको मृत्यु भैसकेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस