गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ सिन्धुपाल्चोकमा कोरोना पोजेटिभको संख्या ४ सय ६५, भोलिबाट कोभिड-१९ को प्रेस ब्रिफिङ नगर्ने सिन्धुपाल्चोकमा कोरोना पोजेटिभको संख्या ४ सय ६५, भोलिबाट कोभिड-१९ को प्रेस ब्रिफिङ नगर्ने सिन्धु खबर कात्तिक १२, २०७७ गते १९:२४ मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकमा कोरोना पोजेटिभको संख्या ४ सय ६५ पुगेको छ । आज स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लाभर पोजेटिभको संख्या ६ सय ६५ पुगेको हो । सिन्धुपाल्चोकमा ३ सय ४३ पुरुष र १ सय २२ महिलाका संक्रमण देखिएको छ । १ सय ७७ सक्रिय संक्रमित छन् । संक्रमितमध्ये अहिलेसम्म २ सय ७७ जना कोरोना जितेर घर फर्केका छन् । जिल्लाभर १७ जना स्वास्थ्यकर्मी र ३४ जना सुरक्षाकर्मी संक्रमित भएक छन् । कोरोनाबाट जिल्लामा ११ जनाको मृत्यु भैसकेको छ । सरकारले दशैको तीन दिन स्वाब संकलन कार्य बन्द गरेकाले कोरोना पोजेटिभको संख्या पनि कम देखिएको छ । भोलिबाट सरकारले प्रत्येक दिन गर्दै आएको कोभिड-१९ को प्रेस ब्रिफिङ पनि नगर्ने जनाएको छ । दिनहुँ गर्दै आएको ब्रिफिङ केही दिन बिराएर गर्ने सरकारले जानकारी दिएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए । पछिल्लो समय कोरोना संक्रमितको उपचार संक्रमित आफैले गर्नुपर्ने भएपछि परीक्षण गर्नेको संख्या पनि साँघुरिदैं गएको छ । कोरोना उपचारको खर्च उच्च रहेको र सर्वसाधारणको पहुँचमा नरहेकाले परीक्षणको दर पनि घटेको बताइन्छ । क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सात महिनाको तलब नदिई मेसेन्जरबाट जागिर गएको खबर चार महिनापछि बेपत्ता पुजनको मोटरसाइकल र जुत्ता भोटेकोशी किनारमा भेटियो तातोपानीमा फागुन २२ गते निशुल्क स्वास्थ्य शिविर गरिने ईन्द्रावतीमा तीन दिने स्वास्थ्य शिविर सुरू धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो