Techie IT
Friday, December 4,2020 / शुक्रबार, मंसीर १९, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ४ सय ३० पुग्यो

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ४ सय ३० पुग्यो


चौतारा । सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ४ सय ३० पुगेको छ । मंगलबार १९ जना थप संक्रमित भएसँगैं जिल्लामा संक्रमितको संख्या ४ सय ३० पुग्यो । हिजो बाह्रबिसेमा सबैभदा बढी १३ जना संक्रमित देखिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चौतारा साँगाचोकगढीमा २, बलेफि गाउँपालिकामा २, भोटेकोशीमा १ र सुनकोसीमा १ गरी १९ मा संक्रमण पुष्टि भएको छ ।

स्थानीय तहअनुसार सबैभन्दा बढी ७७ जना संक्रमित चौतारा साँगाचोकगढीमा छन् भने सबैभन्दा कम हेलम्बु गाउँपालिकामा ७ जना छन् । हालसम्म जिल्लामा कोरोनाका कारण ११ जनाको मृत्यु भैसकेको छ । जिल्लाका दुई अस्पताल बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र र चौतारा अस्पताललले आकस्मिक र कोभिड बाहेकका बिरामी हेरेका छैनन् ।

पछिल्लो समय अस्पतालका स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिन थालेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो । पछिल्ला दिनमा संक्रमणको दर उच्च देखिएको छ । नजिकिदो चाडवाडले संक्रमणको दर अझै बढाउन सक्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए । चाडवाडसँगै सर्वसाधारणको आवतजावत हुने हुँदा संक्रमणको दर बढ्ने देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले विभिन्न सञ्चारमाध्यमबाट र प्रहरीको सक्रियतामा जनचेतना फैलाउने काम गर्ने चापागाइले बताए । कोरोना नियन्त्रणका लागि संघीय सरकारले हात उठाइसकेको छ । संघीय स रकारले परीक्षण र उपचार दुवै संक्रमित आफैले गर्ने निर्णय गरिसकेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस