Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाविपन्न परिवारले पाए दशैमा खाद्यान्न

विपन्न परिवारले पाए दशैमा खाद्यान्न


बाह्रबिसे । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ३ र ४ का स्थानीयले दशैको लागि खाद्यान्न पाएका छन। कोरोना भाइरस र बाढी पहिरोको चपेटामा परेका सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका बोक्चेन, दुगुनागढि, लार्चाका स्थानीय दशै खाद्यान्न बितरण गरिएको हो। अमेरिका बोक्चेन शेर्पा समाजले २ सय ४० घरपरिवारलाई दाल, चामल, दुई केजि नुन, दुई लिटर तेल दशैको लागि अवश्यक मरमसला दिएको छ।

सिर्जनशील आमा समुह तातोपानीले ४ सय ५० परिवारको लागि अण्डा, मसला, तेल चिउरा लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका छन् । बिपन्न र प्राकृति बिपत्ति पछि बिस्थापित तथा बिपन्न परिवारले दशै सहयोग पाएका हुन। कोरोना भाइरस फैलिएपछि भएको लकडाउन पछिको बेरोजगार अबस्था र बाढी पहिरोबाट बिस्थापित स्थानीयलाई दुई सहयोगी संस्थाले दशै खल्लो नहोस् भन्ने उद्देश्य सहित सहयोग गरेको हो ।

सिन्धुपाल्चोकमा यस क्षेत्रका अधिकांश बिपन्न परिवारले राहत कै भरमा गुजारा चलाइदै आएका छन्। उत्पादनको हिसाबले कम रहेको याहाँका स्थानीयलाई आफ्नो खेत बारीमा उत्पादन भएको खाद्यान्नले दुई तीन महिनाको लागि पनि खान पुग्दैन, स्थानीय लोक्केन शेर्पा भन्छन् भुकम्प पछि अहिलेसम्म राहत कै भरमा जीवन धान्दै आएको उनले सुनाए ।स्थानीय सोन ढिन्डु शेर्पाले समन्वय गरि बिपन्न परिवारको लागि दशैमा खाद्यान्न सहयोग गरेको बताए। कोरोना भाइरसपछि बेरोजगार भएका यस क्षेत्रका स्थानीय बाढी पहिरोपछि विस्थापित भएपछि दशैको लागि सानो सहयोग लिएर आएका उनले बताए।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस