Techie IT
Tuesday, March 9,2021 / सोमबार, फागुन २४, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासपनाहरुलाई उडान दिदैं ‘हेल्प’

सपनाहरुलाई उडान दिदैं ‘हेल्प’


काठमाडौं । मेलम्ची नगरपालिका १२ गिदानचौरकी सुस्मिता तामाङ हेलम्बु एजुकेशन एण्ड लिभ्लिहुड पार्टनरसीप (हेल्प) को हेल्पबाट नै आफ्नो जीवनमा ठूलो परिवर्तन आएको अनुभव सुनाउँछिन् । उनी भन्छिन, ‘हेल्पले आर्थिक रुपमा मात्रै हैन मानसिक रुपमा पनि मलाई बलियो बनाएको छ ।’ उनी हेल्पको सहयोगमा २०१५ मा छात्रवृत्ति पाएर जनरल मेडिसिनको तीन वर्षको कोर्ष सकेर अहिले जुगल गाउँपालिकाको हगाममा रहेको वर्थिङ सेन्टरमा एकवर्ष देखि कार्यरत छिन् ।

हेल्पकै छात्रवृत्तिबाट मन्दिरा चौलागाइको साइन्स पढ्ने सपना पुरा भएको छ । मन्दिरा अहिले काठमाडौंमा बीएस्सी नर्सिङको तेस्रो वर्षमा अध्ययनरत छिन् । उनले छात्रवृत्रि नपाएको भए उनको पढाइको यात्रा एसइईमै टुंग्न्थ्यिो । उनी भन्छिन्, ‘२०७२ को भूकम्पको समयमा सबै घर क्षतविक्षत थियो कहाँ बस्ने के खाने भन्न्ने चिन्ता परिवारमा थियो । पढाइको त कुरै थिएन् ।’ ‘जब मैले हेल्प बाट छात्रवृत्रि पाए प्लस टु साइन्स लिएर पढ्ने सपना पुरा भयो । अहिले म नर्सिङ कोर्ष पूरा गर्दै छु ।’ ‘म त्यति बोल्ने मान्छे होइन तर हेल्पको अन्तक्रिया कार्यक्रमहरुले मलाई बोल्ने बनायो । अहिले सामाजिक गतिविधिमा पनि म सक्रिय छु ।’

जुनमाया तामाङ पनि हेल्पको छात्रवृत्ति कार्यक्रमले आफूले पढ्न पाएको अनुभव सुनाउँछिन् । पहिला बोल्नै डर लाग्थ्यो उनले भनिन, ‘अहिले साथीभाई पनि धेरै छन् र आफ्नो कुरा स्पष्ट राख्न सक्ने भएको छु ।’ उनीहरु मात्रै होइन कारसाङ लामा लगायत थुप्रै हेल्पको छात्रवृत्ति कार्यक्रममा छनौट भई डाक्टर, शिक्षक, इन्जिनियर भएका धेरै विद्यार्थी छन् । जसले हेल्पले दिएको छात्रवृत्ति सहयोगले आफ्नो सपनालाई उडान दिएका छन् ।

सन्तमाया तामाङ सिन्धुपाल्चोकको विकट गाउँ भोटेनाम्लाङकी हुन् । उनी हेल्पको छात्रवृतिमा यो वर्ष छनौट भएकी छिन् । पढ्न पाउने भएपछि उनी असाध्यै खुशी छिन् । आफू सरहका साथीहरुको बिहे हुँदा आफ्नो पनि बिहे हुन्छकि भन्ने उनलाई चिन्ता थियो । सानैमा बिहे गरेका दिदीबहिनीहरुले छिट्टै बच्चा जन्माउँदा विभिन्न समस्या भोग्नुपरेको उनले प्रत्यक्ष देखेकी थिइन् । उनलाई पनि एसइई पछि पढ्न जानुपर्दैन भनेका थिए । तर उनको पढ्ने भोक भने जागै थियो । यस्तै उनले हेल्पको छात्रवृत्रिको बारेमा थाहा पाइन र एप्लाई गरिन् । अहिले उनी छात्रवृतिमा छनौट भएकी छिन् । हेल्पको छात्रवृत्रि पाएपछि पढ्न पाउने र पढेपछि गाउँका आमा दिदी बहिनीलाई पढाउन पाए केही परिवर्तन गर्न सकिन्छ कि भन्ने उनको सोच छ ।

बाँसखर्ककी उमा घतानी पनि आफ्नो शिक्षालाई निरन्तरता दिन पाएकोमा खुशी छिन् । उनको आमा सानैमा बितेको र बुबा जागिरे नहुँदा उनलाई कसरी पढ्ने भन्ने चिन्ता थियो । तर हेल्पको हेल्पले उनको सपना पुरा हुनेमा उनी ढुक्क छिन् । यसैगरी छात्रवृत्ति पाएकी सृजना तामाङको साइन्स पढ्ने उद्देश्य छ । गाउँघरमा अझै साइन्सको पढाइ नहुने र शहर गएर पढ्न सक्ने उनको पारिवारिक अवस्था नहुँदा उनी चिन्तित थिइन् । धेरै सन्तान भएका उनको परिवारमा उनलाई पढाउने आर्थिक अवस्था छैन् । ४ दिदीबहिनी र १ भाइकी दिदी सिर्जनाको आमा मात्रै हुनुनहुन्छ । आर्थिक रुपमा कमजोर भएपछि उनले एसइई भन्दा अघि पढ्न सक्ने अवस्था थिएन् । उनको सपना धेरै पढेर आफ्नो नाम राख्ने छ । विडम्बना नै भन्नुपर्छ उनको गाउँमा १२ पास गरेका भेट्न मुश्किल छ । उनको सपना डाक्टर बन्ने छ र हेल्पले उनको सपनालाई थप पखेटा लगाइदिएकोमा उनी खुशी छिन् ।

हेलम्बु १ मुन्डुगाउँका अनुप सुनुवार छात्रवृत्ति पाएर खुशी छन् । उनको बैंकको म्यानेजर बन्ने उद्देश्य छ । उनको परिवार उनलाई पढाउन सक्ने अवस्थामा छैन । उनी म्यानेज्मेन्ट लिएर पढ्न चाहान्छन् । उनी भन्छन, ‘घरको दुख देखेर सार्है दुख लाग्छ धेरै पढेर बैंकको म्यानेजर बन्ने मन छ ।’ आइतबार हेल्पले आयोजना गरेको वेवनार अन्तरक्रिया कार्यक्रममा उनीहरुको मुहारमा स्पष्ट सफलताको खुशी देखिन्थ्यो ।

छात्रवृत्तिमा छनौट भएकालाई अझ प्रेरण दिन समाजका प्रतिष्ठित वक्ताहरुले आ–आफ्ना् जीवनकालका अनुभव सुनाएका थिए । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सफलता निरन्तरको संघर्षबाट प्राप्त हुने बताए । ‘सफलता बिस्तारै हुने हो एकैचोटि खोज्ने होइन उनले भने, हिड्दै जाँदा बाटो बन्ने हुनाले हिड्न कहिले छोड्न हुँदैन ।’ कडा मेहन, निरन्तरता, प्रतिबद्धता र आत्माविश्वासले नै मानिसलाई सफलतामा पुर्याउन सक्ने उनको भनाइ छ ।

त्यस्तै पूर्वमन्त्री गगन थापाले आफ्नो रुचिले नै मानिसले सफलता पाउने बताए । ‘सकारात्मक सोच र निरन्तरको रुचि नै मानिस सफल बन्ने कसी हो उनले भने, ज्ञानको भोक भने हामीलाई सधै लागिरहनुपर्छ ।’ हेल्पका अध्यक्ष जिम्मी लामाले हेल्पले विद्यार्थीलाई सहयोग हैन उनीहरुको अधिकार दिएको बताए । हेल्पले आर्थिक रुपमा पछि परेका र मेहनती इमान्दार र राम्रो अंक ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्ति दिने गर्दछ ।

त्यसै टीच फर नेपालकी सीइओ स्वस्तिका श्रेष्ठ, नायिका ऋचा शर्मा, ब्लगर तथा सामाजिक अभियन्ता लेक्स लिम्बु, ग्लोबल पिस लिडर डा निना मेरेहोफ र मोन्डे फाउण्डेशनकी अन्ना ब्रेनलगायतले आफ्नो सफलताका बारे विद्यार्थीलाई सुनाएका थिए । हेल्पबाट यस वर्ष ५५ जना विद्यार्थीहरुले छात्रवृत्ति पाएका छन् ।

सिन्धुपाल्चोकबाट एसइईमा उत्कृष्ट नम्बर ल्याउने र आर्थिक रुपमा पछि परेकाहरुलाई पढ्नबाट नछुटुन भन्ने उद्देश्यले वर्षेनि हेल्पले छात्रवृति दिने काम सुरु गरेको हो । २०१० बाट ४ जना विद्यार्थीहरुबाट छात्रवृत्ति सुरु गरेको हेल्पले यो वर्षसम्म ४ सय ६३ जनालाई छात्रवृति प्रदान गरेको छ । हेल्पबाट छात्रवृत्ति पाएर आफ्नो जीवनको उद्देश्यनै परिवर्तन भएको छात्रवृत्ति पाएर विभिन्न क्षेत्रमा सफलता पाएका विद्यार्थीहरुले अनुभव सुनाएका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस