गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ सिन्धुपाल्चोकमा कोरोनाबाट आज एकै दिन ३ को मृत्यु, मर्नेको संख्या ११ पुग्यो सिन्धुपाल्चोकमा कोरोनाबाट आज एकै दिन ३ को मृत्यु, मर्नेको संख्या ११ पुग्यो सिन्धु खबर कात्तिक २, २०७७ गते १९:२० मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट आज एकै दिन थप तीन जनाको मृत्यु भएको छ । आज भोटेकोसी गाउँपालिका ३ का ६० वर्षीय पुरुष, बाह्रबिसे नगरपालिका ३ का १९ वर्षका पुरुष र स्थानीय तह खुल्न नसकेका ६१ वर्षीय पुरुष गरी तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भोटेकोसी र बाह्रबिसेका दुई पुरुषको शिक्षण अस्पताल महाराजगञ्जमा आज मृत्यु भएको हो भने अर्का ठेगाना नखुलेका पुरुषको अल्का अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए । यो सँगैं कोरोना संक्रमणका कारण सिन्धुपाल्चोकमा मर्नेको संख्या ११ पुगेको छ । यसअघि इन्द्रावतीका १, त्रिपुरासुन्दरीका २, पाँचपोखरीका १, बाह्रबिसेका ३, भोटेकोसीका २ र मेलम्चीका १ जनाको मृत्यु भइसकेको छ । आज जिल्लामा नयाँ संक्रमित भेटिएको छैन् । ठेगाना खुल्न नसकेका एक मृतकमा कोरोना संक्रमण भएको पुष्टि सँगैं जिल्लामा संक्रमितको संख्या ३ सय ६१ पुगेको छ । क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षक संगठनको मेलम्ची नगर अध्यक्षमा भट्टराई सात महिनाको तलब नदिई मेसेन्जरबाट जागिर गएको खबर चार महिनापछि बेपत्ता पुजनको मोटरसाइकल र जुत्ता भोटेकोशी किनारमा भेटियो तातोपानीमा फागुन २२ गते निशुल्क स्वास्थ्य शिविर गरिने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम