Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ३ सय ६० पुग्यो

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ३ सय ६० पुग्यो


चौतारा । सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ३ सय ६० पुगेको छ । आज थप ७ जना संक्रमित थपिएसँगैं जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ६० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

आज चौतारा साँगाचोक गढी नगरपालिकामा १ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा १, बलेफि गाउँपालिकामा ३ र ठेगाना पत्ता नलागेका २ गरी सात जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेको छ । हालसम्म कोरोना निको भएर घर फर्कनेकबो संख्या १ सय ५३ छ भने सक्रिय संक्रमितको संख्या १ सय ९४ छ ।

हालसम्म १२ स्वास्थ्यकर्मी, १९ सुरक्षाकर्मी र ६ सञ्चारकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । जिल्लामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस