आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुमा आज थप १३ मा कोरोना पुष्टि, लक्षणसहितका बिरामी राख्न न `आइसीयू` छ न `भेन्टिलेटर` नै

सिन्धुमा आज थप १३ मा कोरोना पुष्टि, लक्षणसहितका बिरामी राख्न न `आइसीयू` छ न `भेन्टिलेटर` नै


चौतारा । सिन्धुपाल्चोकमा आज थप १३ जनामा कोरोना संक्रमण भएको छ । यो सँगैं जिल्लामा कोरोना संक्रमणको संख्या ३ सय ३० पुगेको छ । बाह्रबिसे नगरपालिकाका कर्मचारी र बैकका कर्मचारी गरी ७ जना, मेलम्ची नगरपालिकाका १ र बाँकी पाँच जना सिन्धुपाल्चोकका स्थायी बासिन्दा भएका तर स्वाब संकलन बाहिरबाट भएकाहरु गरी १३ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेको छ । संक्रमितहरु आइसोलेसन बेड अभावमा होम आइसोलेसनमा बस्न बाध्य छन् । लक्षण सहितका बिरामीहरु देखिन थालेको तर जिल्लामा एउटा पनि आइसीयू र भेन्टिलेटर नहुँदा लक्षण सहितका बिरामीलाई उपचार गर्न सम्भव नभएको वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईले बताए ।

`जिल्लामा भेन्टिलेटर र आइसीयू छैन् उनले भने, लक्षणसहितका बिरामी देखिन थालेपछि काठमाडौं रिफर गर्नुपर्छ तर काठमाडौंमा बेड नपाइने कारण संक्रमितहरुले उपचार नपाएर मर्नु पर्ने अवस्था आउन सक्छ ।` जिल्लामा आइसोलेसन बेड पनि अभाव हुँदा पछिल्लो समय संक्रमितलाई होम आइसोलेसनमा बस्न भनिएको छ । जनस्वास्थ्य अधिकृत चापागाईका अनुसार आइसोलेसन बेड वृद्धिका लागि मेलम्ची र बाह्रबिसेमा रहेका क्वारेन्टिनलाई आइसोलेसन बनाउने योजना छ । तर आइसीयू र भेन्टिलेटरको व्यवस्थापनका लागि जिल्लामा अहिलेसम्म कुनै तयारी छैन् ।

कोरोना संक्रमणको सुरुवाती समयमा जिल्लाका जनप्रतिनिधि, राजनितिक दल, प्रशासनका उच्च अधिकारीबीच भएको छलफलमा आधुनिक र सुविधासम्पन्न १ हजार बेडको अस्पताल बनाउने कुरा गरेपनि त्यसलाई पूर्णता दिन जनप्रतिनिधले सकेनन् । प्रदेस सभा सदस्य निमा लामा भन्छन् भएका संरचनालाई प्रयोग गरेर भेन्टिेलटर र आइसीयूसहितको कोभिड अस्पताल बनाउन भनेर छलफल गरियो तर त्यसले पुर्णता पाउन सकेन । `समय बित्दै जाँदा यस्ता छलफलहरु रोकिए उनले भने, यसमा सबै उदासीन हुँदा अहिले यो परिस्थिति आएको हो ।` अहिले जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह छ न जिल्लामा एउटा आइसीयू बेड छ न भेन्टिलेटर नै । दशैं मुखमै भएको र जाडोे पनि बढ्ने कारण संक्रमणको दर अझै बढ्न सक्ने देखिन्छ । अझै पनि व्यस्थापनका लागि स्थानीय सरकार नलाग्ने हो भने स्थिति भयावह आउने प्रदेश सभा सदस्य लामाले चेतावनी दिए ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!