गृहपृष्ठ ∕ स्वास्थ्य/शिक्षा ∕ सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ३ सय १७ पुग्यो, ८ को मृत्यु सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ३ सय १७ पुग्यो, ८ को मृत्यु सिन्धु खबर असोज २९, २०७७ गते १२:३० मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ३ सय १७ पुगेको छ । बुधबार सबैभन्दा बढी २९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगैं संक्रमितको संख्या ३ सय १७ पुगेको हो । बुधबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमितहरुको पहिचान भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए । पछिल्लो समय जिल्लामा संक्रमणको दर तीव्र रुपमा वृद्धि भएको छ । लकडाउन खुलेसँगैं सामाजिक दुरीको ख्याल नगर्दा र स्वास्थ्य मापदण्ड नअपनाउँदा संक्रमणको दर वृद्धि भएको बताइएको छ । कोरोना संक्रमणको दरमा वृद्धि भएपनि संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गराउन सकिएको छैन् । जिल्लामा रहेका आइसोलेसनहरु सबै भरिभराउ रहेका कारण नयाँ संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्न नसकिएको जनस्वास्थ्य अधिकृत चापागाईले बताए । जिल्लामा रहेका आइसोलेसनमा ४८ जना उपचाररत छन् । त्यस्तै जिल्ला बाहिर काठमाडौंलगायतका अस्पतालमा ३९ जना आइसोलेसनमा छन् । होम आइसोलेसनमा बस्नेको संख्या ६४ जना छन् । जिल्लामा होम आइसोलेसनमा बस्ने ४२ जना छन् भने जिल्ला बाहिर २२ जना होम आइसोलेसनमा बसेका छन् । जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ५१ छ । जसमध्ये १८ जना सुरक्षाकर्मीहरु कोरोनाबाट संक्रमित भएका छन् । नजिकिदो चाडवाडले कोरोना संक्रमण गाउँ गाउँमा पुग्ने भन्दै जनस्वास्थ्य अधिकृत चापागाईले चिन्ता व्यक्त गरे । `दशैमा घर आउनेसँगै कोरोना संक्रमणमा वृद्धि हुने देखिन्छ उनले भने ,त्यसको लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्न आवश्यक छ ।` कोरोना संक्रमितको वृद्धि कोरोना संक्रमणका कारण जिल्लामा ८ जनाले ज्यान गुमाइसकेका छन् । क्याटेगोरी : स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ईन्द्रावतीमा तीन दिने स्वास्थ्य शिविर सुरू प्राविधिक शिक्षा पढ्ने इन्द्रावतीका सात विद्यार्थीलाई जनही ५० हजार सहयोग सिन्धुपाल्चोकमा २२ स्वास्थ्य संस्था पुनर्निर्माण गर्न सम्झौता इन्द्रेश्वरीले ४७ औं वार्षिकोत्सव भव्य रुपमा मनायाे धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे